Namaste Icon
Ad
Ad

शहीद स्मारक ए डिभिजन लिग - उपाधिनजिक आर्मी

शहीद स्मारक ए डिभिजन लिग - उपाधिनजिक आर्मी

काठमाण्डाै । त्रिभुवन आर्मी क्लब शहीद स्मारक ए डिभिजन लिगको उपाधि नजिक पुगेको छ ।

ललितपुरको सातदोबाटोमा भएको खेलमा ब्रिगेड ब्वाइज क्लबलाई तीन–शून्यले हराउँदै आर्मीले उपाधिको सम्भावना बलियो बनाएको हो । आर्मीलाई जित दिलाउनका लागि भरत खवास, विकास तामाङ र टेकबहादुर बुढाथोकीले एक–एक गोल गरेका हुन् ।

लिगको अन्तिम खेलमा आर्मीले मच्छिन्द्र क्लबको सामना गर्नेछ । मच्छिन्द्रविरुद्धकाे खेलमा बराबरीमा रोकेमात्र पनि आर्मी पहिलो पटक ए डिभिजन लिगमा च्याम्पियन बन्नेछ । मच्छिन्द्रलाई भने तीन अङ्क अनिवार्य छ । लिग तालिकामा आर्मीले २९ अङ्क बनाएको छ भने मच्छिन्द्रकाे २८ अङ्क छ । मच्छिन्द्रविरुद्धकाे खेलको पाँचौँ मिनेटमा भरत खवासले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । याे गाेलसँगै उनले ए डिभिजन लिगमा ५०औँ गाेल पूरा गरेका छन् ।

पहिलो हाफमा एक गोलको अग्रता लिएको आर्मीका लागि ५३औँ मिनेटमा विकास तामाङले गोल गरे । ७०औँ मिनेटमा टेकबहादुर बुढाथोकीले गोल गर्दै आर्मीलाई महत्वपूर्ण जित दिलाए । ब्रिगेड ब्वाइज क्लब भने आठ अङ्कसहित पुछारबाट दोस्रो स्थानमा छ । मङ्गलबार नै थ्री स्टार क्लब र एनआरटी तथा नेपाल पुलिस क्लब र मनाङ मर्स्याङ्दी क्लब पनि प्रतिस्पर्धा गर्दैछन् ।

थ्री स्टार र एनआरटीबीचको खेल सवा १२ बजे हुनेछ भने अर्को खेल साढे तीन बजे हुनेछ ।

Ad

सम्बन्धित समाचारहरु

एफए कपको उपाधि अर्सनललाई

एफए कपको उपाधि अर्सनललाई

काठमाडौं । आर्सनलले एफए कपको उपाधि कब्जा गरेको छ । गएराति भएको फाइनल खेलमा चेल्सीलाई २–१ ले हराउदै उपाधि कब्जा गरेको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेलको सुरुवाती अग्रता भने चेल्सीले लिएको थियो ।

तेक्वान्दो संघबाट १२ जनालाई विदाइ गरियो

तेक्वान्दो संघबाट १२ जनालाई विदाइ गरियो

काठमाडौं । नेपाल तेक्वान्दो संघले केन्द्रीय कार्यसमितिको विभिन्न पदमा रहेका पदाधिकारी र सदस्यहरुलाई विदाइ गरेको छ । संघले सोमबार सातदोबाटो ललितपुरस्थित संघको केन्द्रीय कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै संघका सचिव नवीनकुमार श्रेष्ठ, प्रवक्ता दीपक विष्टसहित १२ पदाधिकारीलाई विदाइ गरेको हो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad