Namaste Icon
Ad

पाँच रुपैयाँमा खाना बेच्नलाई ट्राफिक प्रहरीले कुटपिट गरेपछि रुँदै यसरी आए मिडियामा (भिडियो सहित)

पाँच रुपैयाँमा खाना बेच्नलाई ट्राफिक प्रहरीले कुटपिट गरेपछि रुँदै यसरी आए मिडियामा (भिडियो सहित)

काठमाडौँ । झापाको दमकस्थित पश्चीम बस स्टेण्ड नजिकै ५ रुपैयाँमा सादा खाना र १० रुपैयाँमा मासु खाना दिंदै आएका कुमार राई रुदैँ मिडियामा आएका छन् । गोरखा डिपार्टमेन्ट स्टोरको प्राङगणमा कपडाले बेरेर स्टल राखेर खाना खुवाउँदै आएका राईलाई ट्राफिक प्रहरीले स्टल हटाउनु भनेपछि उनि रुदैँ मिडियामा आएका हुन् ।

उनलाई ट्राफिक प्रहरीले बाटोमा डिस्टर्ब भएकोले स्टल हटाउनु भन्दै ट्राफिक कार्यालयमै लगेर कुटपिट समेत गरेको कुुमारले आरोप लगाएका छन् । राई तथा उनका सहयोगिहरुले भोकाएका मानिसलाई शुद्ध खाना खुवाउने र खाना खाएका ग्राहकहरुबाट संकलित रकम मिर्गौलाको समस्याबाट पीडित २५ बर्षिय एक युवाको उपचारका लागि खर्चिदै आएका छन् ।

इलाम चुलाचुली ५ का २५ बर्षिय शुकराज लिम्बुका दुवै मिर्गौला खराब भएपछि उपचारमा आर्थिक सहयोग जुटाउने उदेश्यले ५ रुपैयाँमा एक छाना भात खुवाउने अभियान चलाइएको हो । फास्ट अनलाईन टिभीले तयार पारेको यो भिडियो हेर्नुहोस्

Ad

सम्बन्धित समाचारहरु

भेरीगंगाका नगरका प्रमुख प्रशासकीय अधिकृत पौडेल अख्तियारको हिरासतमा

खगेन्द्र हमाल, सुर्खेत । अख्तियार अनुसन्धान आयोग सुर्खेतले भेरीगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल पौडेललाई हिरासतमा राखेको छ । अख्तियार स्रोतका अनुसार केही दिन पहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले उनलाई पक्राउ गरेको थियो ।

भैरव माध्यमिक विध्यालयका प्रअ ३० हजार घुस सहित पक्राउ

भैरव माध्यमिक विध्यालयका प्रअ ३० हजार घुस सहित पक्राउ

खगेन्द्र हमाल, दैलेख । नौमुले गाउँपालिका वडा नस्१ मा रहेको भैरव माध्यमिक बिधालयका प्रधानाध्यापक नगेन्द्र बहादुर सिंहलाई बिहीवार ३० हजार रकम घुस सहित अख्तियारको टोलिले नियन्त्रणमा लिएको छ। प्रधानाध्यापक सिंहले चौमासिक तलब र दशै खर्च निकासा गरिदिने भन्दै पटकपटक घुस मागेको उजुरीका आधारमा अख्तियारको टोलिले घुस रकमसहित रङ्गेहात फेला पारेको हो।

Ad

प्रतिक्रिया दिनुहोस

Ad