Namaste Icon
Ad

फागुन १ मा ज्योति फ्लिम्स म्युजिक अवार्ड, ७ सञ्चारकर्मी सम्मानित हुने

फागुन १ मा ज्योति फ्लिम्स म्युजिक अवार्ड, ७ सञ्चारकर्मी सम्मानित हुने

काठमाडौँ । ‘पुराना कलाकारलाई सम्मान,नयाँलाई प्रोत्साहान’ भन्ने मुल नाराका साथ ज्योति फिल्मस प्रालिको आयोजनामा यहीँ फागुन १ गते राष्ट्रिय नाच घरमा ज्योति फिल्मस म्युजिक अवार्ड सम्पन्न हुँदै छ । नेपाल सरकारका सहरी बिकास राज्यमन्त्री रामवीर मानन्धरको प्रमुख आतिथ्यतामा एक भब्य कार्यक्रमका बीच ज्योति फिल्मस म्युजिक अवार्ड सम्पन्न हुन लागेको हो।

साथै उक्त अवार्ड कार्यक्रममा ७ जना चर्चित पत्रकारहरु राजु बोहरा , अरबिन्द्र गौतम , सुमन बैरागि , कृष्ण भट्टराई , सन्तोष दाहाल, शिबराम भण्डारी र वर्षा सिलवाल समेत सम्मानित हुने आयोजकले जनाएको छ । ज्योति फिल्मस म्युजिक प्रालिको दशौ वर्षको अवसरमा प्रथम ज्योति फिल्मस म्युजिक अवार्ड गर्न लागिएको हो ।

ज्योति फिल्मस म्युजिक अवार्डको लागि विभिन्न विधामा उत्कृष्ठ ५ मनोनयन सार्वजनिक गरी ४२ विधामा टप ५ भित्र परेका श्रष्ठाहरुलाई प्रमाण पत्र वितरण कार्य सम्पन्न गरि यहीँ आउदो फागुन १ मा उत्कृष्ठ लाई अवार्ड वितरण गर्ने कार्यक्रम रहेको छ। उक्त कार्यक्रमा सांगीतिक क्षेत्रका बरिष्ठ व्यक्तित्वहरुको उपस्थिति समेत रहने बताइएको छ । उक्त अवार्ड कार्यक्रम लाई विभिन्न राष्ट्रिय टेलिभिजन र रेडियो बाट प्रत्यक्ष प्रसारण समेत गराइने बताइएको छ ।

Ad

सम्बन्धित समाचारहरु

मिस कल्चर नेपालको बिजेता बनिन् प्रतिक्षा बास्तोला

मिस कल्चर नेपालको बिजेता बनिन् प्रतिक्षा बास्तोला

पोखरा । छैठौ नेपाल आइस मिस कल्चर नेपाल २०२० को उपाधी हेम्जाकी प्रतीक्षा बास्तोलाले हात पारेकी छन् । उनले मस्ट कन्फिडेन्ट टाइटल समेत हात पारिन । पुष्पाञ्जली फेसन एन्ड इभेन्ट द्वारा आयोजित कार्यक्रममा फस्ट रनर अफ सपना गौतम , सेकेन्ड रनर अफ सुहाना क्षेत्री , थर्ड रनर अफ करुणा पौडेल र बिबिका लामिछाने, भ्युवर च्वाइस सुस्मिता पौडेल, अर्गनाइजर च्वाइस प्रतीक्षा मल्ल ठकुरी र सस्मिता तिमिल्सिना र मस्ट ट्यालेन्ट प्रतीक्षा सुबेदीले जिते ।

गायिका लक्ष्मी पुरी प्रधानको ‘माया विरानी’ सार्वजनिक( भिडियो )

सन्तोष दहाल, काठमाडौँ । केही समय पहिला मात्र बजारमा आएको गीत ‘सिठ्ठी बजाउँछन्’ को सफलता पश्चात गायिका लक्ष्मी पुरी प्रधानको स्वरमा रहेको गीत ‘माया विरानी’ सार्वजनिक भएको छ । बाबुल गिरीको शब्द, सङ्गीत, सङ्गीत संयोजन र एचबीएन किस्मत मिक्सिङ रहेको गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको हो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad