Namaste Icon
Ad

कुखुराजन्य उद्योगबाट १८ अर्बको नोक्सानी

कुखुराजन्य उद्योगबाट १८ अर्बको नोक्सानी

काठमाडौँ । नेपालको आत्मनिर्भर कुखुराजन्य उद्योगमा गत एक वर्षमा रु १८ अर्बभन्दा बढीको नोक्सानी भएको छ । अण्डा, चल्ला र मासुमा वर्षभरि नै किसानले नोक्सानी व्यहोरेका हुन् । उत्पादन बढी भएपछि किसानले लागत मूल्य नपाएका हुन् ।

नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्ष टीकाराम पोखरेलले कुखुराजन्य उत्पादनमा वर्षभरि नै किसानले नोक्सानी व्यहोरेको बताए । उनका अनुसार गएको एक वर्षमा रु ५५ लागत पर्ने चल्ला सरदर प्रतिगोटा रु २५ मा बिक्री भएको छ ।

देशभरमा सातामा उत्पादन हुने ३५ लाख ब्रोइलर चल्लाबाट प्रतिगोटा रु ३० घाटा सहनु परेको छ । गएको एक वर्षमध्ये छ हप्ता लागत मूल्यमा बिक्री भए पनि बाँकी समय घाटामा बिक्री गर्नुपरेको थियो । यसरी हेर्दा एक वर्षमा रु ४अर्ब ७२ करोड ५० लाख हाराहारी घाटा कृषकले व्यहोरेको उनले जानकारी दिए ।

Ad

सम्बन्धित समाचारहरु

नेपाल वितरक संघको अध्यक्षमा राजेन्द्र सिम्खडा

नेपाल वितरक संघको अध्यक्षमा राजेन्द्र सिम्खडा

सन्तोष दहाल, ललितपुर । वितरक व्यवसायीहरुको छाता संगठन नेपाल वितरक संघ काठमाडौँको १९ औं वार्षिक साधारणसभा भव्यरुपमा सम्पन्न भएको छ । शनिवार काठमाडौँमा सम्पन्न साधारणसभाले राजेन्द्र सिम्खडाको अध्यक्षतामा नयाँ कार्यसमिति समेत सर्वसम्मत रुपमा चयन गरेको छ ।

१ अर्ब ४० करोड लगानीमा होटल मोक्सी सञ्चालनमा आउँदैं

१ अर्ब ४० करोड लगानीमा होटल मोक्सी सञ्चालनमा आउँदैं

काठमाडौं । नेपालमा विदेशी चेन होटल ‘मोक्सी’ सञ्चालनमा आउने भएको छ । नेपालमा चेन होटल मेरियटको पाँच तारे मेरियट र तीन तारे फेयरफिल्ड सञ्चालन ल्याइरहेको एसएस ग्रुपले नै उक्त होटल सुरु गर्न लागेको हो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad