Namaste Icon
Ad

रसाईली समाज नेपालद्धारा निशुल्क माक्स वितरण

रसाईली समाज नेपालद्धारा निशुल्क माक्स वितरण

काठमाडौँ । रसाईली समाज नेपालले निशुल्क माक्स वितरण कार्यक्रम सम्पन्न गरेको छ । गत शनिबार काठमाडौको शान्तिबाटीकामा सचेतानामूलक कार्यक्रमसहित सो माक्स वितरण कार्य सम्पन्न गरेको हो ।

उक्त कार्यक्रममा बीर अस्पतालको कार्यकारी निर्देशक श्री डा. केदारप्रसाद सेन्चुरीले कोरना भाइरस के हो र यसबाट बच्न अपनाउनु पर्ने बिषयमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा सभासद कमला विश्वकर्माले कार्यक्रमको खुलेर प्रशंसा गरेकी छन् ।

कार्यक्रममा पैदल यात्रु, गाडी चालक र सुरक्षाकर्मीहरुलाई ५ हजार माक्स वितरण गरिएको थियो । सरकारी स्तरबाट गर्नुपर्ने काम रसाईली समाजले गरेको भन्दै सहभागिहरुले उक्त कार्यको प्रशंसा गरेका थिए ।

 

 

Ad

सम्बन्धित समाचारहरु

नेकका एक सय ८९ जना इन्जिनियरलाई विदाई

नेकका एक सय ८९ जना इन्जिनियरलाई विदाई

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँगुनारायणमा अध्ययनरत एक सय ८९ जना विद्यार्थी इन्जिनियरलाई एक कार्यक्रम गरी विदाई गरिएको छ । कलेजले शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई विदाई गरेको हो ।कलेजमा चार वर्षे सिभिल इन्जिनियर पूरा गरेका एक सय ४४ जना र पाँंचवर्षे आर्किटेक्ट इन्जिनियरिंङको पढाई पूरा गरेका ४५ गरी कुल एक सय ८९ जना इन्जिनियरिंङको अध्ययन पूरा गरेका विद्यार्थीको विदाइ गरिएको हो ।

शिक्षामन्त्रीको आग्रहः विद्यार्थिलाई कालापानीको नक्शा पढाउनुस

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपालको नक्सामा कालापानी, लिपुलेकसहित भूमि समावेश गरिएको पाठ्यक्रम अनिवार्य लागू व्यवस्था गर्न लागिएको बताएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालको १३औँ साधारणसभाको आज उद्घाटन गर्दै उनले नेपालको नक्सालाई पूर्णरुपमा समावेश गरिएको पाठ्यक्रम लागू गर्न शिक्षा क्षेत्रका संस्थाहरुले पनि भूमिका खेल्नुपर्नेमा जोड दिए ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad