Namaste Icon
Ad

एमसीसी अनुमोदन हुनेमा ढ्क्क बने अमेरिकी अधिकारी

एमसीसी अनुमोदन हुनेमा ढ्क्क बने अमेरिकी अधिकारी

काठमाडौँ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान सम्झौता संसदबाट अनुमोदन गर्ने वा नगर्ने विषयमा विवाद चलिरहेका बेला नेपाल आएका एमसीसीका सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स सरकार तथा पार्टीका उच्च अधिकारीहरुलाई भेटेर फर्किएका छन् । प्रधानमन्त्रीसहित शीर्ष नेताहरुसँगको भेटपछि एमसीसी अनुमोदन हुनेमा ब्रुक्स आश्वस्त बनेर फर्केको उनीसँग भेटेका अधिकारीहरुले बताए ।

चार दिने भ्रमणमा शुक्रबार नेपाल आएका ब्रुक्सले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङसँग छुट्टाछुट्टै भेट गरेका थिए। ब्रुक्स एमसीसीको युरोप, एसिया, प्यासिफिक तथा ल्याटिन अमेरिका कार्यक्रम हेर्ने सहायक उपाध्यक्ष हुन् ।

उनले एमसीसीबारे सुझाव संकलन गर्न नेकपा केन्द्रीय समितिले गठन गरेको कार्यदलका सदस्यहरुसँग पनि भेटघाट गरेका थिए ।

Ad

सम्बन्धित समाचारहरु

नेकपाको विवादमा मध्यमार्गी समधान खोजिँदै

नेकपाको विवादमा मध्यमार्गी समधान खोजिँदै

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र पछिल्लो समय देखिएको विवाद समाधानका लागि मध्यमार्गी उपायको खोजी गर्न थालिएको छ । बुधबार दिनभरको तनावपछि बिहीबार एउटै मञ्चमा उपस्थित भएका शीर्ष नेताले नेतृत्वमा केही विषयमा विवाद भइरहने भन्दै त्यसतर्फ ध्यान नदिन आग्रह गरेका थिए । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले भने कुनै प्रतिक्रिया दिएनन् ।

बालुवाटारमा ओली र नेपालबीच भेटवार्ता

बालुवाटारमा ओली र नेपालबीच भेटवार्ता

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। शुक्रबार दिउँसो ओली र नेता नेपालीबीच बालुवाटारमा भेटवार्ता भएको हो। नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल सकिएपछि नेता नेपाल बालुवाटार पुगेका थिए। नेकपाका एक नेताका अनुसार पछिल्लो समय ओलीसँग अन्य नेताहरुको सम्बन्ध बिग्रँदै गएपछि प्रचण्डको सन्देश लिएर नेता नेपाल बालुवाटार गएका हुन्।

Ad

प्रतिक्रिया दिनुहोस

Ad