Namaste Icon
Ad
Ad

बर्दगोरियाका छात्रालाई निशुल्क सेनेटरी प्याड वितरण

बर्दगोरियाका छात्रालाई निशुल्क सेनेटरी प्याड वितरण

गोविन्द बीसी,बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयमा निशुल्क सेनेटरी प्याड वितरण गरिएको छ ।

सामुदायिक विद्यालयको आधारभूत तथा मावि तहमा अध्ययनरत छात्राहरुको सहजताका लागि भन्दै मंगलबार निशुल्क सेनेटरी प्याड वितरण गरिएको हो । गाउँपालिकाको स्वास्थ्य शाखाबाट किशोरकिशोरी कार्यक्रम अन्तर्गत महिनावारी स्वास्थ्य ब्यवस्थापनका लागि सेन्च्युरी ब्याग वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख कृष्णदेव जोशीले जानकारी दिए । पालिकाको वडा नम्बर-४ स्थित कालिका मावि नौनिया, वडा नम्बर-३ स्थित जगदम्बिके भगवती मावि रानीकुण्डा र वडा नम्बर-५ स्थित जनता आधारभूत विद्यालय कोइलीभुरुवामा सो सामाग्री वितरण गरिएको हो ।

पहिलो चरणमा तीनवटा सामुदायिक विद्यालयमा ३० हजार मूल्यको सेनेटरी प्याड खरिद गरि वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख जोशीले बताए । सशर्त अनुदान अन्तर्गतको रकमबाट खरिद गरिएका ८ सय थान सेनेटरी प्याड विद्यालयका प्रअ मार्फत एकमुष्ट रूपमा हस्तान्तरण गरिएको छ ।

विद्यालयमा पुगेर गाउँपालिका अध्यक्ष बलिराम डंगौरा, उपाध्यक्ष भगवतीदेवी डंगौरा, वडा नम्बर-१ का वडा अध्यक्ष एवं शिक्षा समिति संयोजक जयरुप खतिवडा , शिक्षा तथा खेलकुद शाखा प्रमुख नन्दाकुमारी भट्ट लगायतले सो सामाग्री वितरण गरेका हुन् ।

Ad

सम्बन्धित समाचारहरु

बारामा थप ५ जना प्रहरी सहित २२ जनामा कोरोना संक्रमण

बारामा थप ५ जना प्रहरी सहित २२ जनामा कोरोना संक्रमण

दिपेन्द्र जयसवाल, बारा । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका र प्रसौनी गाउँपालिकामा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपमहानगरपालिकाले संचालन गरेको क्वारेन्टाइनमा परीक्षणका लागि स्वाब दिएकामध्ये १७ जनामा कोरोना देखिएको हो । कोरोना पुष्टि हुनेमा उपमहानगरका कर्मचारी, पत्रकार र स्थानीय समेत छन् । क्वारेन्टाइनमा स्वाब संकलन गरिएको एक सय ५० मध्ये १७ जनाको कोरोना रिपोर्ट पोजिटिभ आएको हो ।

प्यूठानमा जिप दुर्घटना हुदा २ जना घाइते

प्यूठानमा जिप दुर्घटना हुदा २ जना घाइते

प्युठान । प्यूठानमा जिप दुर्घटना हुदा २ जना घाइते भएका छन् । मल्लरानी गाउँपालिका १ दारिमपाटाबाट खलंगा आउदै गरेकोे लु १ ज ४०६५ नंम्वरको जिप मल्लरानी गाउँपालिका १ दारिमपाटा आज अपरान्ह ४ः३५ बजेको समयमा दुर्घटना हुदा २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad