Namaste Icon
Ad

पतिकै अगाडी पत्नीलाई बलात्कार गर्ने १२ वर्षपछी पक्राउ

पतिकै अगाडी पत्नीलाई बलात्कार गर्ने १२ वर्षपछी पक्राउ

राजविराज । पतिकै अगाडि पत्नीलाई बलात्कार गरेर फरार एक अभियुक्त बुधबार पक्राउ परेका छन्। घटनामा संलग्न हनुमाननगर कंकालिनी नगरपालिका-११ इनरुवाका ५० वर्षीय हरिनारायण यादव १२ वषएपछि पक्राउ परेको डीएसपी तिलक भारतीले बताए। उनका अनुसार सोही ठाउँका दुधियावाला भनिने खटर यादवको खोजी भइरहेको छ।

पीडितले ढिलै भए पनि न्याय पाउने सम्भावना बढेको बताएका छन्। ‘बगेको खोला १२ वर्षमा फर्कन्छ भन्थे, हो रहेछ, १२ वर्षपछि अभियुक्त पक्राउ परे’, पीडित दम्पतीले भने। सुनसरीको इनरुवामा मजदुरी गरेर दसैं मनाउन २०६४ असोज २९ गते राति हनुमाननगर हुँदै घर फर्किरहेका बेला यादवद्वयले दम्पतीमाथि आक्रमण गरेका थिए। दुवैजनाले पतिलाई नियन्त्रणमा लिएर पत्नीलाई बलात्कार गरेका थिए भने साथमा रहेको १० हजार रुपैयाँ लुटेका थिए।

पीडितले २०६४ असोज ३० मा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए। सगरमाथा अञ्चल अस्पतालमा पीडितको स्वास्थ्य परीक्षण गरियो। बलात्कार पुष्टि भएपछि दम्पतीले सप्तरी जिल्ला अदालतमा बकपत्र गरे। अन्नपूर्ण पोस्टमा मनोहर पोखरेलले खबर लेखेका छन् ।

Ad

सम्बन्धित समाचारहरु

भेरीगंगाका नगरका प्रमुख प्रशासकीय अधिकृत पौडेल अख्तियारको हिरासतमा

खगेन्द्र हमाल, सुर्खेत । अख्तियार अनुसन्धान आयोग सुर्खेतले भेरीगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल पौडेललाई हिरासतमा राखेको छ । अख्तियार स्रोतका अनुसार केही दिन पहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले उनलाई पक्राउ गरेको थियो ।

भैरव माध्यमिक विध्यालयका प्रअ ३० हजार घुस सहित पक्राउ

भैरव माध्यमिक विध्यालयका प्रअ ३० हजार घुस सहित पक्राउ

खगेन्द्र हमाल, दैलेख । नौमुले गाउँपालिका वडा नस्१ मा रहेको भैरव माध्यमिक बिधालयका प्रधानाध्यापक नगेन्द्र बहादुर सिंहलाई बिहीवार ३० हजार रकम घुस सहित अख्तियारको टोलिले नियन्त्रणमा लिएको छ। प्रधानाध्यापक सिंहले चौमासिक तलब र दशै खर्च निकासा गरिदिने भन्दै पटकपटक घुस मागेको उजुरीका आधारमा अख्तियारको टोलिले घुस रकमसहित रङ्गेहात फेला पारेको हो।

Ad

प्रतिक्रिया दिनुहोस

Ad