Namaste Icon
Ad
Ad

ललितानिवास प्रकरण - पूर्व प्रधानमन्त्रीद्वयलाई समेत मुद्दा चलाउन सर्वोच्चमा रिट

ललितानिवास प्रकरण - पूर्व प्रधानमन्त्रीद्वयलाई समेत मुद्दा चलाउन सर्वोच्चमा रिट

काठमाडौं । बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई पनि मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । जग्गा व्यक्तिको नाममा पुर्याउन मन्त्रिपरिषद्बाट निर्णय गर्ने तत्कालीन प्रधानमन्त्रीद्वय लाई मुद्दा चलाउन माग गर्दै बुधबार रिट दायर भएको हो ।

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णयलाई चुनौती दिँदै मुद्दा दायर गर्न माग गरेर रिट दायर गरेका हुन् । अख्तियारले सो जग्गा प्रकरणमा तत्कालीन मन्त्रीसहित एक सय ७५ जनालाई मुद्दा दायर गर्दा पूर्वप्रधानमन्त्रीद्वयलाई भने मुद्दा चल्न नसक्ने निर्णय गरेको थियो । अख्तियारले दुवैले नीतिगत निर्णय मात्र गरेको भन्दै मुद्दा चल्न नसक्ने भनेर गरेको निर्णयलाई चुनौती दिएका हुन् । नेपाल ०६६ मा र भट्टराई ०६९ मा प्रधानमन्त्री भएका थिए ।

‘ललिता निवास क्याम्पभित्रको सरकारी जग्गा सम्बन्धमा विभिन्न मन्त्रालय र कार्यालयबाट विभिन्न मितिमा भएका गैरकानुनी कार्यहरूलाई वैधानिकता दिलाउने र सरकारी जग्गा अनधिकृत व्यक्तिका हक र स्वामित्व स्थापित गराउने गरी सम्बन्धित मन्त्रालयको प्रस्तावअनुरूप मन्त्रिपरिषद्बाट ०६६-१२-२९, ०६७-०१-३१, ०६७-०४-२८ र ०६९-०६-१८ मा भएका निर्णय मन्त्रिपरिषद्बाट सामूहिकरूपमा गरेका नीतिगत निर्णय भएकाले आयोगको क्षेत्राधिकारभित्र पर्ने देखिएन,’ अख्तियारले दायर गरेको अभियोगपत्रमा लेखिएको थियो । सो रिटको सुनुवाइ शुक्रबारलाई तोकिएको छ । सौर्य दैनिकमा खबर छ ।

Ad

सम्बन्धित समाचारहरु

कांग्रेस युवा नेता शाहीद्धारा बिद्यार्थीलाइ बर्षभरी पुग्ने गरी कापी कलम सहित आर्थिक सहयोग

कालिकोट । नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले विपन्न बिद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेका छन् । नेपाली कांग्रेसबाट २०७४ सालको प्रतिनिधि सभा सदस्यका उम्मेद्वार समेत रहेका शाहीले जिल्लाको सान्नीत्रिवेणी गाँउपालिका वडा नं २ सेरिज्यूलाका गोरख तिरुवालाई शैक्षिक सामग्री सहयोग गरेका हुन् । सान्नीत्रिवेणी गाँउपालिका वडा नं २ स्थित संकर मावी सेरीज्यूलामा कक्षा १० मा अध्यायनरत बिद्यार्थी तिरुवालाई बर्षभरी पुग्ने गरी कापी कलम सहित आर्थिक सहयोग गरेका छन् । योगा तथा जेम्नेष्टिक खेलाडी समेत रहेका तिरुवालाई पढाईमा निरन्तरताका लागि आफुले व्यक्तिगत रुपमा सहयोग गरेको नेता शाहीले बताए ।

नियतवश श्रीगोपाल महर्जनको व्यक्तित्व र इमानदारितामाथि प्रश्नचिह्न उठाउन खोजियो!

सन्तोष दाहाल,ललितपुर। मृगौला प्रत्यारोपण प्रकरणमा गलत व्यक्तिलाई नाता प्रमाणित गरिदिएको आरोपमा पक्राउ परेका ललितपुर महानगरपालिका ३ का वडाध्यक्ष श्रीगोपाल महर्जनलाई नियोजित र षड्यन्त्रपूर्ण ढंगबाट फ़साईएको भन्दै न्याय र शिघ्र रिहाईका लागि यतिबेला विभिन्न व्यक्ति तथा संघसंस्थाबाट जोडतोडका साथ मागहरू उठिरहेका छन्। यसअघि नै ललितपुर महानगरपालिका,यसमा आबद्ध कर्मचारी संघ संगठन तथा जनप्रतिनिधिह्रेउको तर्फबाट महर्जनको रिहाईको माग गर्दै विरोध प्रदर्शन देखि लिएर कलम बन्दसम्मका कार्यक्रमहरु गरिसकिएका छन्।

Ad

प्रतिक्रिया दिनुहोस

Ad