Namaste Icon
Ad
Ad

मोहन्यालको बढीगाउँमा वडा स्तरीय खेलकुद प्रतियोगिता सुरु

मोहन्यालको बढीगाउँमा वडा स्तरीय खेलकुद प्रतियोगिता सुरु

गोविन्द बिसी,बौनिया । कैलालीको मोहन्याल गाउँपालिका-७ बढीगाउँमा वडा स्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ । वडा कार्यालयको आयोजना तथा त्रिवेणी मावि बढीगाउँको ब्यवस्थापनमा कार्यक्रम संचालन गरिएको हो । विभिन्न १० विद्यामा हुने खेलकुद प्रतियोगितामा प्रावि, आधारभूत र मावि गरि ८ वटा विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको छ ।

बुधबारदेखि चार दिनसम्म संचालन हुने प्रतियोगिताको गाउँपालिका अध्यक्ष नवलसिंह रावलले उद्घाटन गरे । सो अवसरमा गाउँपालिका अध्यक्ष रावलले बिकास निर्माणकार्यमा सबैले एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए । लामो समयसम्म राजनीति कारणले, आर्थिक कारणले या अन्य कारणले बिकासले गति लिन सकेको थिएन । जनप्रतिनिधि बिहिन भएकाले बिकास हुन सकेको थिएन उनलेे भने, 'अब हामी सबैले एकजुट भएर काम गर्न आवश्यक छ । सबैको सहकार्यबाट मात्रै बिकास निर्माणले गति लिन सक्छ । मोहन्याल गाउँपालिकामा आफूले खेलकुद क्षेत्रको बिकास लागि बिगत २०३८ सालदेखि पञ्चायति ब्यवस्थामा समेत प्रावि अन्तर विद्यालय ऐश्वर्य रनिङ्ग शिल्ड खेलकुदको बिकासको सुरुवात गर्दै आएको बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गाउँपालिका अध्यक्ष रावलले गाउँपालिकामा स्थानीय सरकारले कुनैपनि वडालाई विभेद नगरि समानुपातिक ढंगले बजेट बिनियोजन गरेको बताए ।

वडा स्तरीय खेलकुद प्रतियोगिता संचालन, ब्यवस्थापन तथा पुरस्कार खर्चका लागि वडा नम्बर-७ को वडा कार्यालयबाट १ लाख रुपैयाँ र मोहन्याल गाउँपालिका कार्यालयबाट २० हजार रकम विनियोजन गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा वडा अध्यक्ष खरप्रसाद अधिकारीले वडामा रहेका विद्यालयको शैक्षिक बिकासका लागि आफू निरन्तर रूपमा लागिरहेको बताए । उनले आजको समय अनुसार परिवर्तन के हो ? आवश्यकता के हो ? यो समाज र हामीले बुझ्न सकेनौं भने भोलि राज्य चल्न सक्दैन, त्यसैले समय र युगको अनुसारको आवश्यकतालाई मध्यनजर गरि समयको गति संगसंगै विद्यालयमा प्राविधिक शिक्षा र स्रोत साधनको ब्यवस्थापन गरिने उनले बताए । मोहन्याल गाउँपालिकामा शिक्षाको बिकासका लागि यस आर्थिक वर्षमा १ करोड २० लाख रुपैयाँ बजेट विनियोजन गरेको उनले जानकारी दिए । वडाअध्यक्ष अधिकारीले सो अवसरमा वडास्तरमा रहेका ८ वटा विद्यालयलाई ८ वटा ल्यापटप वितरण गरेका छन् । कुल ३ लाख बजेट रकमबाट खरिद गरिएको ल्यापटप विद्यालयका प्रअलाई हस्तान्तरण गरिएको हो ।

सामाग्री हस्तान्तरण गर्दै वडाअध्यक्ष अधिकारीले आगामी वर्ष वडा क्षेत्रभित्रका सबै विद्यालयलाई एकएक थान प्रिन्टर मेसिन र सोलारबत्तीको समेत ब्यवस्थापन गरिने प्रतिबद्धता समेत व्यक्त गरे । उनले विद्यालयको शैक्षिक र खेलकुदको बिकासका लागि वडाबाट कुनै किसिमको बजेट अभाव हुन नदिने बताए । भोलिका दिनमा समाज र देशको नेतृत्व लिनसक्ने सक्षम नेतृत्व र जनशक्ति उत्पादन गर्ने थलो विद्यालय र शिक्षाक्षेत्र भएकाले बालबालिकामा रहेको अन्तर्निहित प्रतिभा, क्षमताको विकासका लागि सबै लाग्नुपर्नेमा जोड दिए ।प्रतियोगितालाई वडामा नमूना रूपमा सम्पन्न गर्न र सोही अनुसार जिम्मेवारी निर्वाह गर्न सबैमा आग्रह समेत गरे । कार्यक्रममा खेलकुद क्षेत्रमा योगदान दिएको भन्दै ११ औं राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा दोस्रो स्थान ल्याउन सफल विद्यार्थी केशव बिक र शिक्षा क्षेत्रमा बिगत १० वर्षसम्म विद्यालयमा अध्यापन गरि शिक्षकसेवा आयोगमा सफल भएका शिक्षक मानबहादुर रावतलाई दोसल्ला ओढाएर एवं सम्मानपत्रद्वारा सम्मानित गरिएको छ ।

त्रिवेणी मावि बढीगाउँका प्रअ देवीप्रसाद अधिकारीले स्वागत मन्तव्य राखेको कार्यक्रममा राष्ट्रिय मावि सोल्टाका प्रअ कृष्णप्रसाद जैसी, नेपाल शिक्षक महासंघ मोहन्यालका अध्यक्ष वीरबहादुर भण्डारी, नेकपा वडा कमिटी अध्यक्ष कविन्द्र देवकोटा, नेपाली कांग्रेस वडा सभापति नवराज कठायतले शुभकामना मन्तव्य राखेका थिए ।
प्रतियोगितामा आधारभूत तथा मावि तहमा प्रथम हुनेलाई ८ हजार रुपैयाँ द्वितीय हुनेलाई ५ हजार रुपैयाँ र तृतीय हुनेलाई ३ हजार रुपैयाँ सहित सिल्ड तथा प्रमाणपत्र पुरस्कार दिइनेछ । त्यस्तै, प्रावि तहमा प्रथम स्थान प्राप्त गर्नेलाई ७ हजार रुपैयाँ द्वितीय हुनेलाई ४ हजार रुपैयाँ र तृतीय हुने लाई २ हजार रुपैयाँ सहित सिल्ड तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । वडा नम्बर-७ का वडा अध्यक्ष खरप्रसाद अधिकारीको सभापतित्वमा भएको कार्यक्रमको संचालन त्रिवेणी माविका शिक्षक रामनाथ जोसीले गरेका थिए ।

Ad

सम्बन्धित समाचारहरु

एफए कपको उपाधि अर्सनललाई

एफए कपको उपाधि अर्सनललाई

काठमाडौं । आर्सनलले एफए कपको उपाधि कब्जा गरेको छ । गएराति भएको फाइनल खेलमा चेल्सीलाई २–१ ले हराउदै उपाधि कब्जा गरेको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेलको सुरुवाती अग्रता भने चेल्सीले लिएको थियो ।

तेक्वान्दो संघबाट १२ जनालाई विदाइ गरियो

तेक्वान्दो संघबाट १२ जनालाई विदाइ गरियो

काठमाडौं । नेपाल तेक्वान्दो संघले केन्द्रीय कार्यसमितिको विभिन्न पदमा रहेका पदाधिकारी र सदस्यहरुलाई विदाइ गरेको छ । संघले सोमबार सातदोबाटो ललितपुरस्थित संघको केन्द्रीय कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै संघका सचिव नवीनकुमार श्रेष्ठ, प्रवक्ता दीपक विष्टसहित १२ पदाधिकारीलाई विदाइ गरेको हो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad