Namaste Icon
Ad

नायिका महिमा सिलवालको बसको ठक्करबाट ज्यान गयो

नायिका महिमा सिलवालको बसको ठक्करबाट ज्यान गयो

काठमाडौं । नायिका महिमा सिलवालको बसको ठक्करबाट मृत्यु भएको छ । धादिङको गजुरी गाउँपालिका २ चाम्बासमा बुधबार साँझ बससँग ठोक्किएर स्कुटरमा सवार सिलवालको मृत्यु भएको हो ।

चितवनको भरतपुर महानगरपालिका १३ गीतानगरकी २२ वर्षीया सिलवालको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा मृत्यु भएको प्रहरीले जनाएको छ । भैरहवाबाट काठमाडौं आउँदै गरेको लु २ ख १३५ नम्बरको बस र सिलवाल सवार बा ९८ प ७०५८ नम्बरको स्कुटर हिँजो साँझ पौने ६ बजे ठोक्किएका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएकी चितवनको भरतपुर महानगरपालिका १३ गीतानगरकी शर्मिला सिलवाललाई उपचारको लागि काठमाडौं ल्याइएको छ । बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Ad

सम्बन्धित समाचारहरु

१६औं ईन्जिनियर सम्मेलन तथा महिला पुरुष म्याराथन प्रतियोगिता

खगेन्द्र हमाल, काठमाडौं । नेपाल ईन्जिनियर्स एशोसियसनको १६ औ राष्ट्रिय ईन्जिनियर सम्मेलनको पुर्वसन्ध्यामा नेपाल युथ स्पोर्ट कमिटी (नेईए) को समन्वयमा ईन्जिनियर सम्मेलन म्याराथन २०७६ महिला पुरुष म्याराथन प्रतियोगिता कार्यक्रम फागुन १७ गते शनिबार (आज) बिहान ७ बजेदेखि शुरु भएको छ । राष्ट्रपति विद्यादेवि भण्डारीद्धारा उद्घाटन गरिने उक्त १६औ राष्ट्रिय ईन्जिनियर सम्मेलनको पुर्वसन्ध्यामा नेईए नेपाल युथ स्पोर्ट कमिटीको समन्वयमा ईन्जिनियर्स सम्मेलन म्याराथन २०७६ प्रतियोगिता हुने कमिटीका अध्यक्ष ईन्जिनियर प्रदीप कुमार खत्रीले जानकारी दिए ।

मोडल खुस्बु ओलीलाई दुई वर्ष कैद फैसला

मोडल खुस्बु ओलीलाई दुई वर्ष कैद फैसला

काठमाडौं । मोडल खुस्बु ओलीलाई जिल्ला अदालत काठमाडौंले दुई वर्ष कैदको फैसला सुनाएको छ । सापटी लिएको रकम नतिरेपछि ओलीलाई शुक्रबार अदालतले २ वर्ष कैदको फैसला सुनाएको हो । सप्तरीको राजविराज–८ का गोपाल कटुवालसंग ओलीले २ वर्षअघि जग्गा किन्न लागेको र त्यसका लागि रकम नपुगेको भएको भन्दै सापट लिइन् ३६ लाख रुपैयाँ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad