Namaste Icon
Ad
Ad

दुर्घटनामा परी कलाकार महिमा सिलवालको मृत्यु

दुर्घटनामा परी कलाकार महिमा सिलवालको मृत्यु

काठमाडौँ । गजुरी गाउँपालिका–२ चाम्बासस्थित पृथ्वीलोकमार्गमा बस र विपरीत दिशातर्फ जाँदै गरेको स्कुटर एकापसमा ठोक्किदाँ दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटरमा सवार चितवन जिल्ला भरतपुर महानगरपालिका–१३ गीतानगर निवासी २२ वर्षीया शर्मिला सिलवाल र २० वर्षीया महिमा सिलवाल रहेका छन् ।

दर्घटनामा गम्भीर घाइते भएपछि उपचारका लागि प्राथामिक स्वास्थ्य केन्द्र गजुरी पठाइएकामा घाइते महिमा सिलवालको उपचारको क्रममा मृ’त्यु भयो भने घाइते शर्मिला सिलवालको काठमाडौँस्थित ट्रमासेन्टर उपचारका क्रममा मृत्यु भएको थियो । चितवन जिल्लामा बहिनीको ‘इन्गेजमेन्टमा जान लागेको बेला दुर्घटना भएको थियो । दुर्घटनामा मृत्यु भएकी महिमा कलाकार हुन् ।

भैरहवाबाट काठमाडौँतर्फ आउँदै गरेको लु २ ख १३५ नंको बस र विपरीत दिशातर्फ जाँदै गरेको बा ९८ प ७०५८ नंको स्कुटर एकापसमा ठोक्किएका थिए ।

Ad

सम्बन्धित समाचारहरु

थप तीन ट्राफिक प्रहरीमा कोरोना संक्रमण पुष्टि

थप तीन ट्राफिक प्रहरीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । ट्राफिक महाशाखामा कार्यरत थप तीन जना ट्राफिक प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ। यसअघि दुई जना ट्राफिकमा कोरोना संक्रमण भएपछि उनीहरुको सम्पर्कमा रहेका अन्यको पनि परीक्षण गरिएको थियो।

टेकु अस्पतालबाट कोरोना संक्रमित सम्पर्क बाहिर गएपछि...

टेकु अस्पतालबाट कोरोना संक्रमित सम्पर्क बाहिर गएपछि...

काठमाडौं । काठमाडौंको टेकु अस्पतालमा उपचारका लागि ल्याइएको दुई जना कोरोना संक्रमित भारतीय नागरिक सम्पर्क बिहीन भएपछि हल्लीखल्ली मच्चिएको छ। कोरोना संक्रमणका कारण १२ दिनदेखि उपचाररत एक जना र आज पुष्टि भएका अर्का एक जना बिहीबार दिउँसो साढे चार बजेतिर अस्पतालको सम्कर्पबाहिर गएका थिए।

Ad

प्रतिक्रिया दिनुहोस

Ad