Namaste Icon
Ad

१ अर्ब ४० करोड लगानीमा होटल मोक्सी सञ्चालनमा आउँदैं

१ अर्ब ४० करोड लगानीमा होटल मोक्सी सञ्चालनमा आउँदैं

काठमाडौं । नेपालमा विदेशी चेन होटल ‘मोक्सी’ सञ्चालनमा आउने भएको छ । नेपालमा चेन होटल मेरियटको पाँच तारे मेरियट र तीन तारे फेयरफिल्ड सञ्चालन ल्याइरहेको एसएस ग्रुपले नै उक्त होटल सुरु गर्न लागेको हो ।

एमएस ग्रुपले मेरियटकै साढे तीन तारेस्तरको ‘मोक्सी’ संचालनमा ल्याउन लागेको हो । अबको साढे २ वर्षभित्र सञ्चालनमा ल्याउने गरी साढे ३ तारेस्तरको मेरियटको मोक्सी होटल निर्माण प्रक्रिया अघि बढाइएको एमएस ग्रुपका उपाध्यक्ष सुमितकुमार अग्रवालले जानकारी दिए ।

‘काठमाडौंको कमलादीमा उक्त होटल निर्माणका लागि सम्पूर्ण प्रक्रिया अघि बढाइसकेका छौं,’ उनले भने, ‘निर्माण प्रक्रिया अघि बढिसकेकाले अबको साढे २ वर्ष भित्रमा संचालनमा ल्याउने छौं ।’ उनका अनुसार उक्त होटल निर्माणका लागि ठेकेदार छनोट प्रक्रियासमेत अघि बढिसकेको छ ।

देशका मुख्य सहरहरुमा मेरियट होटलको चेन विस्तारको योजना बनाएको एमएस ग्रुपले काठमाडौंमै थप अर्को होटल खोल्न लागेको हो । कुल १ अर्ब ४० करोड रुपैयाँ लगानीमा बन्न लागेको सो होटल १० तलाको हुनेछ । जसमा न्यूनतम १०१ देखि ११५ कोठासम्म रहने अग्रवालले जानकारी दिए ।

होटलमा १० वटा स्वीट रुम र बाँकी डिलक्स रुम रहनेछन् । नेपाल पर्यटकको लागि सबैभन्दा उपयुक्त गन्तव्य रहेको र नेपालमा बढीभन्दा बढी पर्यटक भित्र्याउनका लागि आफ्नो कम्पनीले होटल विस्तारलाई उच्च प्राथमिकता दिएको समेत अग्रवालले बताए । ‘हामीले नेपाल घुम्न आउने सबै पर्यटकलाई उपयुक्त हुने खालका होटल निर्माण गरी सेवा दिन सक्नुपर्छ,’ उनले भने, ‘सोहीअनुरुप हामीले देशमा मुख्य स्थानमा होटल खोल्ने प्रक्रियालाई उच्च प्राथमिकता साथ अघि बढाएका छौं ।’

देशका मुख्य हरहरुमा होटल खोल्नका लागि मेरियट ब्राण्डसँग सम्झौता गरेको एमएस ग्रुपले तेस्रो होटलको रुपमा मोक्सी ल्याउन लागेको हो । नेपालमा एमएस ग्रुपले सञ्चालन गरेको काठमाडौं मेरियटले नेपाल होटल इन्डष्ट्री लिडरसीप एवार्ड—२०१९ सहित पाँच वटा प्रतिष्ठित एवार्ड जितेको थियो । वल्र्ड मार्केटिङ कंग्रेसले प्रदान गर्ने उक्त एवार्डलाई प्रतिष्ठित एवार्ड मानिन्छ ।

सन् २०१९ मै सञ्चालनमा आएको उक्त होटलले लिडरसीपसँगै सर्वश्रेष्ठ रोजगारदाता ब्राण्ड एवार्ड, बेस्ट वार अफ द इयर एवार्ड, वेस्ट इयर भेनु अफ द इयर एवार्ड, वेस्ट होटल लन्च अफ द इयर एवार्ड समेत जितेको हो । प्रतिस्पर्धामा सहभागी ५ सय होटलमध्येबाट मेरियटले उक्त महत्वपूर्ण पाँच एवार्डहरु जितेको हो ।

Ad

सम्बन्धित समाचारहरु

प्रभु बैंकको प्रभु गुडलक सेभिङ निक्षेप योजना

प्रभु बैंकको प्रभु गुडलक सेभिङ  निक्षेप योजना

काठमाडौं । प्रभु बैंक लिमिटेडले विभिन्न कलेज अध्ययनरत विद्यार्थीहरु तथा कर्मचारीहरुलाई लक्षित गर्दै आकर्षक सेवा सुविधा सहित प्रभु गुडलक सेभिङ नामक नयाँ निक्षेप योजना सञ्चालनमा ल्याएको छ । शुन्य मौजदातमा खाता खोल्न सकिने प्रभु गुडलक सेभिङ खाता खोल्नासाथै उक्त खातामा बैंकको तर्पmबाट १ सय रुपैयाँ जम्मा गरिदिने व्यवस्था मिलाईएको छ । प्रभु गुडलक सेभिङ योजना अन्तर्गत खाता खोल्ने खाता धनीहरुलाई वार्षिक ६ दशमलव ५ प्रतिशत ब्याज, डिम्याट खाता, मेरो शेयर अनलाइन सेवा, डेबिट कार्ड, अन्तरशाखा कारोबार, इन्टरनेट बैंकिङ्ग, मोवाइल बैकिङ्ग लगायतका सेवाहरु निःशुल्क रुपमा उपलब्ध हुनेछन् ।

ज्येष्ठ नागरिकको सम्मानमा चन्द्रागिरि केवलकार निशुल्क सेवा दिने

काठमाडौं । ज्येष्ठ नागरिकहरुको सम्मानकालागि चन्द्रागिरि हिल्स लिमिटेडद्वारा प्रवद्र्धित चन्द्रागिरि केवलकारमा सेवा लिने ७० बर्ष नाघेका आन्तरिक तथा बाह्य पर्यटकलाई केवलकार सेवा निशुल्क प्रदान गर्ने भएको छ । बच्चा देखि बृद्धसम्म सबैका लागि निर्माण गरिएको एकीकृत पर्यटकीय गन्तव्यमा ज्येष्ठ नागरिकहरुको भ्रमणलाई उत्साहित बनाउने उद्देश्यले यो योजना ल्याइएको कम्पनीले जनाएको छ । यो योजना अन्र्तगतको सेवा लिन पर्यटकहरुले ज्येष्ठ नागरिकको परिचय खुल्ने आधिकारिक कागजात टिकट काउन्टरमा उपलब्ध गराउनु पर्नेछ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad