Namaste Icon
Ad

मुर्तिचोर देखि गाँजा कारोबारीसम्मको बचाउमा सई थपलिया

मुर्तिचोर देखि गाँजा कारोबारीसम्मको बचाउमा सई थपलिया

ललितपुर । महानगरिय प्रभाग लुभु नजिकै रहेको नारायणको मूर्ति केही दिन अगाडि चोरी भएको छ ।

मन्दिर र प्रहरी चौकीको दुरी भने ५० मिटरभन्दा पनि नजिक रहेको छ । यस सम्बन्धमा प्रभागका इन्चार्ज धिरेन्द्र थपलियासँग सम्पर्क गर्दा मूर्ति चोरिनु सामान्य भएको बताए । मूर्ति बेबारिसे रुपमा राखिएको हुँदा चोरी भएको उनको दावी रहेको छ ।

गत साता नै प्रहरी कार्यालयमा कारवाहीको लागि ल्याएको एक गाडीबाट सई थपलियाको निर्देशनमा १५ लिटर डिजेल चोरी भएको थियो । डिजेल चोरीमा संलग्न ट्राफिकका प्रहरी हवल्दारलाई कारबाही गरे पनि उनलाई विभिन्न शक्ति निकायमा धाएका कारण उन्मुक्ति पाएका छन् । हवल्दारले पनि आफूले सई थपलियाको निर्देशनमा नै चोरी गरेको स्पष्टीकरणमा स्विकार गरेका थिए ।

गत पुस २२ गते महानगरिय प्रहरी प्रभाग लुभुका प्रमुख थपलिया ग्राहक बनेर गाँजा कारोबारसम्म पुगेका थिए । उनले करिब ४ केजी सहित १ व्यक्ति नियन्त्रणमा लिएका थिए । तर उनले मुद्दा चलाउनुको साटो उल्टो गाँजा कारोबारलाई गाँजा सहित छोडिएका दिए । उनी त्यसमा पनि चर्को विवादमा परेका थिए । उनले आफूले महानगरिय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राई र महानगरिय प्रहरी वृृत्त सातदोबाटोका डिएसपी मित्रबन्धु शर्मासँग समन्वय गरेर छोडेको दाबी गरे ।

यसअघि पनि इमाडोल प्रभागमा बस्दा दशैंमा खसी मागेको, कार्यालयमा बत्तीको व्यवस्था गर्नुपर्यो भन्दै स्थानीय व्यापारीसँग राम्रै नजराना बुझेको र स्थानीय रक्सी पसलहरुबाट हाकिमलाई दशैं मनाउन भनी रक्सी माग गर्दै हिँडेको समेत आरोप लागेको थियो । सोही कारण स्थानीय व्यापारीहरुको गुनासो महानगरीय प्रहरी परिसर जावलाखेलमा गरेपछि सई थपलियालाई सातदोबाटो बृत्तमा तानिएको थियो । खोजतलासबाट

Ad

सम्बन्धित समाचारहरु

१६औं ईन्जिनियर सम्मेलन तथा महिला पुरुष म्याराथन प्रतियोगिता

खगेन्द्र हमाल, काठमाडौं । नेपाल ईन्जिनियर्स एशोसियसनको १६ औ राष्ट्रिय ईन्जिनियर सम्मेलनको पुर्वसन्ध्यामा नेपाल युथ स्पोर्ट कमिटी (नेईए) को समन्वयमा ईन्जिनियर सम्मेलन म्याराथन २०७६ महिला पुरुष म्याराथन प्रतियोगिता कार्यक्रम फागुन १७ गते शनिबार (आज) बिहान ७ बजेदेखि शुरु भएको छ । राष्ट्रपति विद्यादेवि भण्डारीद्धारा उद्घाटन गरिने उक्त १६औ राष्ट्रिय ईन्जिनियर सम्मेलनको पुर्वसन्ध्यामा नेईए नेपाल युथ स्पोर्ट कमिटीको समन्वयमा ईन्जिनियर्स सम्मेलन म्याराथन २०७६ प्रतियोगिता हुने कमिटीका अध्यक्ष ईन्जिनियर प्रदीप कुमार खत्रीले जानकारी दिए ।

मोडल खुस्बु ओलीलाई दुई वर्ष कैद फैसला

मोडल खुस्बु ओलीलाई दुई वर्ष कैद फैसला

काठमाडौं । मोडल खुस्बु ओलीलाई जिल्ला अदालत काठमाडौंले दुई वर्ष कैदको फैसला सुनाएको छ । सापटी लिएको रकम नतिरेपछि ओलीलाई शुक्रबार अदालतले २ वर्ष कैदको फैसला सुनाएको हो । सप्तरीको राजविराज–८ का गोपाल कटुवालसंग ओलीले २ वर्षअघि जग्गा किन्न लागेको र त्यसका लागि रकम नपुगेको भएको भन्दै सापट लिइन् ३६ लाख रुपैयाँ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad