Namaste Icon
Ad
Ad

राखेपका कर्मचारीकाे बदमासीले कराते पुन विवादित

राखेपका कर्मचारीकाे बदमासीले कराते पुन विवादित

काठमाडौँ । नेपाली खेलकुद क्षेत्रकाे चिर परिचित एवम् नतिजाको आधारमा सफल खेल मध्येको एक खेल करातेकाे विवाद छतछुल्ल भई सतहमा आएकाे छ । विवाद उत्पन्न हुनुकाे मुख्य कारण नेपाल सिताे रियो कराते संघको नाममा मकवानपुरकाे हेटौंडामा हुने भनिएकाे राष्ट्रिय भेला तथा टेक्निकल सेमिनारकाे लागि तालिम तथा प्रशिक्षण विभागबाट अर्जुन बहादुर विककाे हस्ताक्षरित पत्र बनेको छ ।

पत्र बमोजिम नेपाल सितोरियो करातेका परिषद् अन्तरगत कार्यरत प्रशिक्षकहरुलाई उक्त टेक्निकल सेमिनारमा सहभागी हुनु भनिएता पनि सितोरियो कराते संघले २०७० सालमा नै समय अवधि सकिई संघको हैसियत गुमाई सकेको र २०७३ सालमा तत्कालीन परिषद्का सदस्य एवम् कार्यबाहक सदस्य सचिव सुरेन्द्र हमालले ३ महिना भित्र निर्वाचन गर्न निर्देशन दिए बमोजिम उक्त अवधिमा चुनाव नगराएकाेले उक्त संघकाे सम्पूर्ण भेला कार्यक्रम अवैधानिक हुने भएकोले कसरी यस्तो पत्राचार गरियो भनी प्रशिक्षकहरु अन्याेलमा रहेको छ । तथाकथित सितोरियो करातेकाे राष्ट्रिय भेला तथा सेमिनार कुन अध्यक्ष र संघले कसरी गर्न लागेकाे हाे भन्ने विषयमा आम सितोरियो कराते खेलाडी तथा प्रशिक्षकहरुकाे चासो र चिन्ताको विषय बनेको छ ।

कानुनी राज्यको धज्जी उडाएर अवैधानिक रुपमा रहेको संघ संस्थालाई कार्यक्रम गर्न किन स्वीकृति प्रदान गरिन्छ? कुन आधारमा कार्यक्रमहरु गरिन्छ? यस्ता कार्यक्रमले निम्त्याउने दुर्घटनाकाे जवाफदेही स्वयं आयाेजक र स्वीकृति प्रदान गर्ने व्यक्तिहरु नै हुनु पर्नेछ भन्ने कुरामा आम खेलाडीहरुकाे ध्यानाकर्षण भएको छ ।

 

 

Ad

सम्बन्धित समाचारहरु

पहिलोपटक क्रिकेट खेलाडीको वर्गीकरण

पहिलोपटक क्रिकेट खेलाडीको वर्गीकरण

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पुरुष र महिला खेलाडीसँग एक वर्षका लागि सम्झौता गरेको छ । भरतपुरमा मङ्गलबार बसेको बोर्ड बैठकले पहिलोपटक महिला खेलाडीलाई वर्गीकरण गर्दै वार्षिक सम्झौता गरेको हो । पुरुषतर्फ १८ र महिलातर्फ १९ खेलाडीलाई ‘ए’, ‘बी’ र ‘सी’ श्रेणीमा वर्गीकरण गरिएको छ । पुरुषतर्फ ग्रेड ‘ए’ मा पारस खड्का, ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, शरद भेषवाकर, करण केसी, वसन्त रेग्मी, दीपेन्द्र सिंह ऐरी र विनोद भण्डारी परेका छन । ग्रेड ‘बी’ मा सुसन भारी, सोमपाल कामी, आरिफ शेख र पवन सराफ परेका छन भने ग्रेड ‘सी’ मा सुवास खकुरेल, रोहित पौडेल, कुशल मल्ल, रासिद खान, अविनाश बोहरा र कमल सिंह ऐरी रहेका छन ।

सर्वाधिक कमाउने फुटबलर बने मेस्सी

सर्वाधिक कमाउने फुटबलर बने मेस्सी

काठमाडौं । क्रिस्टियानो रोनाल्डोलाइ पछि पार्दै बार्सिलोनाका फरवार्ड लियोनल मेस्सी सन् २०२० मा सर्वाधिक कमाउने फुटबलर बनेका छन्। फोर्ब्स म्यागेजिनले सार्वजनिक गरेको सूचीमा मेस्सी सर्वाधिक आम्दानी गर्ने खेलाडीको शीर्ष स्थानमा छन्। युभेन्टसका क्रिस्टियानो रोनाल्डो दोस्रो स्थानमा छन्।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad