Namaste Icon
Ad
Ad

राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन

राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन

काठमाडौं । राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको ५० वर्षको उमेरमा शुक्रबार निधन भएको छ। लामो समयदेखि क्यान्सर रोगबाट थलिएका उनको लुम्बिनी सांस्कृतिक नगरपालिका १० स्थित आफ्नै निवासमा निधन भएको प्रदेशसभा सदस्य फकरुद्दिन खानले जानकारी दिए।

नेपाली काँग्रेसका तर्फबाट राष्ट्रियसभाका सदस्य बनेका उपाध्याय वि।सं २०४६ को जनआन्दोलनदेखि आबद्ध भई सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए। विसं २०५४ मा साविक मधुवनी गाविसको उपाध्यक्षमा निर्वाचित भएका उपाध्याय दुईपटक काँग्रेसको क्षेत्रीय सभापति र महाधिवेशन प्रतिनिधि बनेका थिए।

लुम्बिनी विकास कोषको कार्यकारिणी सदस्यसमेत रहेका उपाध्यायका श्रीमती, दुई छोरी र तीन छोरा छन्। उनको लुम्बिनीमै अन्तिम संस्कार गर्ने कार्यक्रम रहेको प्रदेशसभा सदस्य खानले बताए।

Ad

सम्बन्धित समाचारहरु

राष्ट्र सङ्घको ७५औं महासभामा प्रधानमन्त्री ओलीको संबोधन (पूर्णपाठसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलेभन्दा अहिले बहुपक्षीयवादको सान्दर्भिकता स्थापित भएको बताउँदै त्यसलाई सङ्कीर्ण राष्ट्रिय स्वार्थले नभई बृहत् विश्व हित र विधिमा आधारित व्यवस्थाले सहारा दिनुपर्ने बताएका छन । ‘हामीले खोजेको भविष्य र हाम्रो अपेक्षाको संयुक्त राष्ट्र सङ्घः प्रभावकारी बहुपक्षीय क्रियाशीलताको माध्यमबाट कोभिड–१९ सामना, बहुपक्षीयताप्रति हाम्रो सामूहिक प्रतिबद्धताको पुनर्पुष्टि’ विषयमा न्युयोर्कमा जारी राष्ट्र सङ्घको ७५औं महासभामा काठमाडौंबाट अप्रत्यक्षरुपमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी सम्बोधन गर्दै उनले एकतर्फी प्रवृत्ति र संरक्षणवादी नीतिका बीचमा बहुपक्षीय सहयोग प्रताडित भइरहेका बेला उक्त विषयमा भएको बहसले वर्तमान परिस्थितिलाई प्रतिविम्बित गरेको बताए ।

गृहमन्त्री थापाको टोली भारतद्धारा अतिक्रमित भूमि कालापानी क्षेत्रमा

दार्चुला । गृहमन्त्री राम बहादुर थापा (बादल) शुक्रबार दार्चुला आइपुगेका छन् । ब्याँस गाउँपालिका वडा नम्बर १ छाङरुकोे गांगामा सशस्त्र प्रहरीको गुल्म शिलान्याशका लागि गृहमन्त्रीको टोली दार्चुला आएको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिए ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad