Namaste Icon
Ad

काठमाडौँमा डेटिङ जान असुरक्षित

काठमाडौँमा डेटिङ जान असुरक्षित

काठमाडौँ । आज भ्यालेनटाइन डे अर्थात प्रेम दिवस, प्रेम साटासाट गर्ने काठमाडौंमा डेटिङ जाने ठाउँ नभएको युवायुवतीको गुनासो गरेका छन् । काठमाडौंको बसन्तपुरमा भेटिएका युवा युवतीहरुले डेटिङ जानलाई एउटा गतिलो पार्क पनि नभएको गुनासो गरेका हुन् ।

काठमाडौंमा रहेका केही पार्कहरुमा माया साटासाट गर्न उपयुक्त नभएको उनीहरुको गुनासो छ । नाम उल्लेख नगर्ने शर्तमा एक जोडीले काठमाडौंभित्र उचित ठाँउ नभेटेपछि प्रेम दिवस मनाउन गोदावरी पुग्ने बताए । उनीहरु भन्छन् , “रत्नपार्क, शंखपार्क जस्ता पार्क त छन् तर त्यहाँ पार्किङको समस्या हुन्छ, एकदमै भिड हुन्छ, खासै सुरक्षित पनि छैन त्यसैले हामी चाहिँ गोदवारी नै जाने ।”

काठमाडौंमा मानिसको तुलनामा पार्कहरु कम रहेको त्यसमा पनि उचित पार्किङ नभएको, केही खानेकुरा पनि नपाइने, कोलाहल बढी भएका कारण काठमाडौं भित्रका पार्कमा डेटिङ जाने वातावरण नै नभएको उनीहरुले बताए ।

Ad

सम्बन्धित समाचारहरु

इन्द्र केसीकाे ‘तिम्रो मनको छानो...’ मा अर्जुन बुढा र दिपु शाही (भिडियो सहित)

काठमाडौं । गायक इन्द्र केसी र गायिका माया बिसीको स्वरमा रहेको गीत ‘तिम्रो मनको छानो....’ ले दर्शक श्रोताको माया पाउदै गएको छ । अर्जुन बुढा नामक युट्युव मार्फत सार्वजनिक भएको उक्त गीतले निकै नै सकारात्मक प्रतिक्रिया पाएको छ । गीतमा इन्द्र केसीको शब्द तथा पदम विसीको संगीत रहेको छ ।

नायक अनमोल केसीविरुद्ध प्रहरीमा उजुरी

नायक अनमोल केसीविरुद्ध प्रहरीमा उजुरी

काठमाडौं । नायक अनमोल केसीविरुद्ध प्रहरीमा उजुरी परेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंमा उनीविरुद्ध ठगी गरेको अभियोगमा उजुरी परेको हो । फिलिम्स नेपाल, जयन श्रेष्ठ इन्टरटेटमेन्ट प्रालिबाट निर्माण हुन लागेको फिल्म धूपौरेमा खेल्न सहमति गरी ५ लाख एडभान्स समेत लिएपनि उनले नखेलेर ठगी गरेको भन्दै प्रहरीमा उजुरी परेको हो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad