Namaste Icon
Ad

टिप्परको ठक्करबाट गौरीगंगामा मोटरसाइकल चालकको ज्यान गयो

टिप्परको ठक्करबाट गौरीगंगामा मोटरसाइकल चालकको ज्यान गयो

गोविन्द बीसी,कैलाली । टिप्परको ठक्करबाट कैलालीमा एक युवकको ज्यान गएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत जिल्लाको गौरीगंगा नगरपालिका-६ बनबेहडामा टिप्परले मोटरसाईकललाई ठक्कर दिएको हो ।

दुर्घटनाबाट मृत्यु हुनेमा कैलालीको घोडाघोडी नगरपालिका-४ रामशिखरझालाका २८ बर्षीय भुवन चन्द रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । ना १ क ८८०३ नम्बरको टिप्पर र बिपरित दिशाबाट आईरहेको से ७ प ३९०७ नम्बरको मोटरसाईकल एकआपसमा ठोक्किदा चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाईते भएका चन्दलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक बस्नेतले बताए । मोटरसाईकललाई ठक्कर दिने टिप्पर र चालक दाङ गडुवा गाउँपालिका वडा नम्वर ७ का ३० बर्षीय बिष्णु चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Ad

सम्बन्धित समाचारहरु

भेरीगंगाका नगरका प्रमुख प्रशासकीय अधिकृत पौडेल अख्तियारको हिरासतमा

खगेन्द्र हमाल, सुर्खेत । अख्तियार अनुसन्धान आयोग सुर्खेतले भेरीगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल पौडेललाई हिरासतमा राखेको छ । अख्तियार स्रोतका अनुसार केही दिन पहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले उनलाई पक्राउ गरेको थियो ।

भैरव माध्यमिक विध्यालयका प्रअ ३० हजार घुस सहित पक्राउ

भैरव माध्यमिक विध्यालयका प्रअ ३० हजार घुस सहित पक्राउ

खगेन्द्र हमाल, दैलेख । नौमुले गाउँपालिका वडा नस्१ मा रहेको भैरव माध्यमिक बिधालयका प्रधानाध्यापक नगेन्द्र बहादुर सिंहलाई बिहीवार ३० हजार रकम घुस सहित अख्तियारको टोलिले नियन्त्रणमा लिएको छ। प्रधानाध्यापक सिंहले चौमासिक तलब र दशै खर्च निकासा गरिदिने भन्दै पटकपटक घुस मागेको उजुरीका आधारमा अख्तियारको टोलिले घुस रकमसहित रङ्गेहात फेला पारेको हो।

Ad

प्रतिक्रिया दिनुहोस

Ad