Namaste Icon
Ad
Ad

नेपाल एयरलाइन्सका पाइलट चीन जान तयार भएनन्

नेपाल एयरलाइन्सका पाइलट चीन जान तयार भएनन्

काठमाडौँ । सरकारले चीनमा रहेका नेपाली विद्यार्थीहरुलाई उद्धार गर्न नेपाल एयरलाइन्सको वाइड बडी जहाज पठाउने तयारी गरे पनि जहाजका पाइलट भने चीन उड्न तयार भएका छैनन् । स्रोतका अनुसार उडान तयारीका लागि रोस्टर बनाउँदा त्यसमा प्रस्ताव गरिएका पाइलट र एयरहोस्टेजले चीन जान अस्वीकार गरेका हुन् ।

जहाजमा ३ जना क्याप्टेन, ३ जना को–पाइलट, ४ जना क्याबिन क्रु र ४ जना स्वास्थ्यकर्मी पठाउने तयारी भएको छ । नेपालले चीनको वुहान लगायत अन्य सहरबाट १ सय ८० जना नेपाली विद्यार्थीलाई उद्धार गर्न फागुन ३ गते जहाज पठाउने बताइएको छ ।

नेपाल एयरलाइन्सका प्रवक्ता अर्चना खड्काले सकेसम्म फागुन ३ गते जहाज पठाउने तयारी भएको जानकारी दिएकी छन् । सरकारले चीनबाट ल्याइने विद्यार्थीलाई क्वारेन्टाइनमा राख्न भनेर भक्तपुर खरिपाटीस्थित विद्युत प्राधिकरणको दुईटा भवन खाली गराएको छ ।

चीनस्थित नेपाली दूतावासमा यसअघि नै १ सय ८० जना नेपाली विद्यार्थीले घर आउनलाई फाराम भरिसकेका छन् ।

Ad

सम्बन्धित समाचारहरु

शाओमीले ल्यायो स्मार्ट टिभी, यस्ता छन विशेषता

शाओमीले ल्यायो  स्मार्ट टिभी, यस्ता छन विशेषता

काठमाडौं । शाओमी ग्लोबल टेक्नोलोजी लिडरले नेपालमा दशैं उत्सवको लाभ लिँर्दैै दुईवटा नयाँ उत्पादन— मी टिभी ४एक्स (५५ इन्च) र मी एलईडी टिभी ४ए प्रो (४३ इन्च) सार्वजनिक गरेको छ । योसँगै शाओमीले पहिलो पटक नेपालमा टिभीको नयाँ श्रेणीमा प्रवेश गरेको छ । कम्पनीले आज यी दुवै उत्पादनहरु डिजिटल अनावरणको नयाँ ढाँचामा प्रारम्भ गरेको छ ।

संविधान दिवसमा टेलिकमले ल्यायो अनलिमिटेड प्याकहरु

संविधान दिवसमा टेलिकमले ल्यायो अनलिमिटेड प्याकहरु

काठमाडौं । नेपाल टेलिकमले संविधान दिवस (राष्ट्रिय दिवस) २०७७ असोज ३ को अवसरमा अनलिमिटेड युट्युब, अनलिमिटेड फेसबुक र एड–अन प्याक उपलब्ध गराउने भएको छ । यही असोज २, ३ र ४ गते अनलिमिटेड युट्युब तथा अनलिमिटेड फेसबुक प्याक छुट्टाछुट्टै रु. ५५ प्रति प्याकमा खरिद गरी खरिद गरिएको मितिबाट ३ दिनसम्म प्रयोग गर्न सकिनेछ । साथै, अनलिमिटेड युट्युब र अनलिमिटेड फेसबुक प्याकमध्ये कुनै एक प्याक खरिद गर्ने ग्राहकले एड–अन प्याकको रुपमा रु. १५ मा १ जीबी डाटा प्याक खरिद गरी डाटा प्रयोग गर्न सकिने सुविधा समेत उपलब्ध हुनेछ । यो प्याक पनि खरिद गरेको मितिबाट ३ दिनसम्म प्रयोग गर्न सकिनेछ । हाल समर अफर अन्तर्गत २८ दिनको समयावधि हुने १ जीबी पर डे (ज्ञ न्द्य उभच मबथ) डाटा प्याक रु. ८५० मा उपलब्ध भइरहेकोमा संविधान दिवसको अवसरमा यसमा ३४.७ प्रतिशतको भारी छुट प्रदान गरिएको छ । सो अनुसार यो प्याक २०७७ असोज २, ३ र ४ गते जम्मा रु. ५५५ मा उपलब्ध हुनेछ । संविधान दिवसका अवसरमा उपलब्ध गरिएका यी अफरहरु डायल गरी प्राप्त गर्न सकिनेछन् । साथै, ग्राहकवर्गको सहजताका लागि नेपाल टेलिकम एपबाट समेत यी प्याकहरु खरिद गर्न सकिने व्यवस्था गरिएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad