Namaste Icon
Ad

मेगा बैंकद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

मेगा बैंकद्धारा  वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले कालिकोटका विद्यार्थीहरुका लागि वित्तीय साक्षरता कार्यक्रम गरेको छ । कालिकोटको खाडाचक्र नगरपालिकाको ताडीस्थित जनजीवन माध्यमिक विद्यालयका विद्यार्थीहरुका लागि मेगा बैंकले वित्तीय साक्षरता कार्यक्रम गरेको हो ।

कार्यक्रममा मेगा बैंकका कालिकोट शाखा प्रबन्धक धनराज पौडेलले वित्तीय साक्षरता र वित्तीय जागरण, दैनिक जीवनमा बैंकको महत्व, आर्थिक समृद्धिका लागि बैैंकिङ सेवाको महत्वका साथै मेगा बैंकका बचत तथा कर्जा योजना, बैंकको नेटवर्क, वित्तीय कारोबार, भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमुलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्यूनीकरण लगायतका विषयमा जानकारी गराए ।

Ad

सम्बन्धित समाचारहरु

सिटिजन्स बैंकको प्रवक्तामा उमंग शर्मा

सिटिजन्स बैंकको प्रवक्तामा उमंग शर्मा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले प्रवक्तामा उमंग शर्मालाई नियुक्त गरेको छ । “योर पार्टनर फर प्रोग्रेस” नाराकासाथ घरदैलोमा बैंकिंग सेवा पु¥याँउदैै आएको यस बैंकले सोमबार एक कार्यक्रमकाबीच प्रवत्तामा नियुक्त गरेको हो ।

आइएमई र कुमारीबीच सम्झौता

आइएमई र कुमारीबीच सम्झौता

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र कुमारी बैंक लिमिटेड बिच बैंकाएस्योरेन्स सम्झौता भएको छ । मंगलबार उक्त सम्झौतापत्रमा आइएमई जनरलका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र कुमारी बैंकका तर्फबाट बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले हस्ताक्षर गरे । सो सम्झौता पश्चात बैंकका ग्राहक महानुभावहरुले नेपालभर रहेका कुमारी बैंकका शाखाहरु मार्फत आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले प्रदान गर्ने सबै प्रकारका बीमा सेवाहरु प्राप्त गर्न बताइएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad