# भर्खरै
Namaste Icon
Ad

सुर्खेतमा नेकपाको प्रदेशस्तरीय भेला हुँदै

सुर्खेतमा नेकपाको प्रदेशस्तरीय भेला हुँदै

खगेन्द्र हमाल, सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी नेकपा ले फागुन ६ र ७ गते सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेशस्तरीय भेलाको भब्य आयोजना गर्ने भएको छ।यही फागुन ६ गते हुनगइरहेको कार्णाली प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला र ७ गतेको बैठकमा सम्माननीय प्रधानमन्त्री एवम पार्टी अध्यक्ष केपी शर्मा ओली, पुर्वप्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र केन्द्रीय सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठको उपस्थिति रहने नेकपाका नेता तथा प्रदेश कमिटी सदस्य लोकेन्द्र राना (प्रशान्त)ले जानकारी दिए।

नेता प्रशान्तका अनुसार यो भन्दा पहिले पुष ५ र ६ गते आयोजना हुने कार्यक्रम विविध कारणवस स्थगित भएपछि उक्त कार्यक्रम फागुन ६ र ७ गते तय गरिएको छ । घन्टाघर पार्क सुर्खेतमा बिहान १०ः३० बजे संचालन हुन गईरहेको नेकपा कर्णाली प्रदेशस्तरीय बृहत् अगुवा कार्यकर्ता भेलामा जिल्ला कमिटी पदाधिकारी सहित सम्पूर्ण सदस्यहरु, कर्णाली प्रदेश सम्पर्क कमिटी संयोजक–सह संयोजक,जिल्ला कमिटीमा नभएका जिल्ला समन्वय समिती प्रमुख उपप्रमुख,नगरपालिका प्रमुख–उपप्रमुख, गाउँपालिका अध्यक्ष–उपाध्यक्ष ,पार्टी प्रदेश कमिटी सदस्यहरु र पार्टी केद्रीय कमिटी सदस्यहरुको उपस्थिति रहनेछ।

फागुन छ गते उल्लेखित हरुको प्रशिक्षण कार्यक्रम रहनेछ भने सात गते १७५ सदस्यीय प्रदेश कमिटी को बैठक बस्ने भएको छ । उक्त बैठकमा केन्द्रिय कमिटी, प्रदेश कमिटी,र जिल्ला कमिटीका नेताहरुको सहभागी हुने भएको छ । बैठक ले प्रदेशको आगामी तीन महिने कार्ययोजना निर्माणको तय गर्ने भएको नेता प्रशान्तले जानकारी दिए।

पार्टी एकतापछि बाकी रहेका कतिपय कार्यहरू टुंगो लगाउने र प्रदेश भरी पार्टी सदस्य नवीकरण गर्ने लगायतका अन्य महत्त्वपूर्ण कार्यहरु गर्ने लक्ष्य लिएको प्रशिक्षण भेलाले जिल्ला देखि टोल टोलसम्म प्रशिक्षण भेला सन्चालन गर्ने भएको छ । उक्त भेलाले सरकारी काम कारबाहीलाई जनता सम्म जोड्ने लगाएतका महत्त्वपूर्ण योजना प्रदेश कमिटी बैठकले तय गर्नेछ । यसका साथै प्रदेश तथा स्थानीय तहमा भएका बिकासका बारेमा अनुसन्धान,अनुगमन र संगठन बिस्तार गर्ने बारेमा महत्त्वपूर्ण छलफल हुने उनले जानकारी दिए।

Ad

सम्बन्धित समाचारहरु

बागलुङकी ६५ वर्षीय वृद्धामा कोरोना भेटियो, संक्रमितको संख्या ६ पुग्यो

काठमाडौँ । नेपालको कोरोना भाइरस संक्रमितको संख्या ६ पुगेको छ। यही चैत ४ गतेको कतार एयरवेजकै फ्लाइटमा दोहाबाट काठमाडौँ आएका थप एक जना महिलामा कोरोना संक्रमण देखिएको हो।

चीनबाट सामग्री ल्याउन ओम्नीसँग गरिएको सम्झौता रद्द, कम्पनी कालाेसूचीमा

काठमाडौँ । सरकारले कोरोना उपचारमा आवश्यक स्वास्थ्य सामग्री ल्याउन ओम्नी समूहसँग गरिएको सम्झौता रद्द गरेको छ। स्वास्थ्य सेवा विभागले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री ल्याउन ओम्नी समूहसँग गरेको सम्झौता रद्ध गरेको हो।

Ad

प्रतिक्रिया दिनुहोस

Ad