Namaste Icon
Ad
Ad

श्रीमती बाँडफाँट - ३ दिन जेठीसँग, ३ दिन कान्छीसँग, १ दिन छुट्टी

श्रीमती बाँडफाँट - ३ दिन जेठीसँग, ३ दिन कान्छीसँग, १ दिन छुट्टी

काठमाडौँ । भारतको झारखण्डको राजधानी राँचीको सदर पुलिस थानामा एक पुरुषका श्रीमती र प्रेमिकाबीच बाँडफाँटको सहमति भएको भारतीय संचार माध्यमहरुले जनाएका छन्।

प्रेमिकाको चक्करमा श्रीमान घर आउनै छाडेपछि श्रीमतीले प्रेमिकासंग प्रहरीको उपस्थितिमा सहमति गरेको बताइएको छ। सहमति अनुसार अब ती पुरुष हप्ताको ३ दिन श्रीमतीसँग बस्नेछन् भने ३ दिन प्रेमिकासँग बस्नेछन्। हप्ताको एक दिन भने उनले छुट्टि पाउनेछन्।

घटना शनिबारको हो। राजेश कुमार नाम गरेका पुरुषकी प्रेमिकाले प्रहरीमा प्रेमी पाँच दिन देखि आफ्नोमा नआएको उजुरी दिइन्। जसपश्चात प्रहरी पनि तनावमा पर्यो। राँचीको सदर पुलिस थानामा राजेश, उनकी प्रेमिका र श्रीमती जम्मा गराएर सम्झाउने क्रममा बाँडफाँटको सहमति भयो।

भारती संचार माध्यमहरुका अनुसार राजेशले प्रेमिकासंग पनि विवाह गरेका थिए। विगत पाँच दिन देखि राजेश नयाँ श्रीमतीकोमा नगएपछि उनले प्रहरीका उजुरी दिएकी थिइन्। जुन सहमति सम्म पुग्यो।

भएको सहमति अनुसार हप्ताको एक दिन राजेशलाई छुट्टि छ। त्यस दिन उनले चाहेको श्रीमतीसँग बस्न पाउनेछन्।

Ad

सम्बन्धित समाचारहरु

प्रवाशमा पुण्यकाम : न्यूयोर्कमा रहेका  नेपाली विद्यार्थीलाई खाद्य सामाग्री बितरण

न्यूयोर्क । नेपाल बाट एफवान भिजामा अध्ययनको लागि न्यूयोर्कमा रहेका नेपाली विद्यार्थी हरुलाई कोरोना बिरुद्ध सचेतना एबं सहयोग समुह न्यूयोर्कद्वारा पाचौ चरणमा खाद्य सामाग्रीहरु बितरण गरिएको छ । ५८ जना विद्यार्थीहरु लाई एक महिनाको लागि घर घरमै पुगेर राहात वितरण गरिएको हो ।

आँखासम्बन्धी केहि रोचक तथ्यहरु

आँखासम्बन्धी केहि रोचक तथ्यहरु

काठमाडौं । मानिसको शरीरमा भएका मध्ये सवैभनदा संवेदनशील अंग मानिन्छ आँखा । आज हामी तपाईलाई आँखा सम्बन्धी केहि रोचक तथ्यहरु जनाकारी दिन गईरहेका छौं ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad