# भर्खरै
Namaste Icon
Ad

फागुन १२ गते साल्धाराको ल्होछारलाई पुर्व सांसद : तिर्थ लामाले सम्बोधन गर्ने

फागुन १२ गते साल्धाराको ल्होछारलाई पुर्व सांसद : तिर्थ लामाले सम्बोधन गर्ने

काभ्रे । खानीखोला गाउपालिका वडा नम्बर ६ साल्धारामा यही फागुन १२ गते तेस्रो बृहत सांस्कृतिक तथा शुभकामना आदान प्रदान कार्यक्रम हुने भएको छ । बिशेष गरी नयाँ बर्षको रुपमामा मनाउने ल्होसार को आफनै छुट्टै पहिचान र बिशेषता रहेको छ सो अवसरमा बिशिष्ट धर्म गुरु अर्थात् लामा (खेन्पो )बाट वाङ प्रदान गर्ने भएको छ बौद्ध धर्म अनुसार बिशिष्ट खेन्पो बाट वाङ लिए पछि आत्मबल बढ्ने र सोचेँ को कार्यमा सफलता हुने जनविश्वास रहेको छ ।

आफ्नो मौलिक परम्परा को संरक्षण र प्रबर्द्धन गर्ने उद्देश्यका साथ बृहत ल्होसार आयोजना गरिएको कार्यक्रम संयोजक प्रेम थोकरले जनकारी दिएको छ । श्री शक्ति शुभ मंगल गुम्बाले सो कार्यक्रम तेस्रो बर्षमा मनाउन लागिएको स्रोतले जनाएको छ । यस कार्यक्रमलाई सम्बोधन गर्न पुर्व सांसद तथा सबिधान सभा सदस्य आउने भएको थोकरले जनकारी दिएको थियो । बिशेष गरी लामा खेन्पो बाट वाङ प्रदान गर्ने र बौद्ध धर्म सम्बन्धी प्रवचन रहने बताइएको छ ।

यस अबसरमा तामाङ चलचित्रसंघ को केन्द्रीय अध्यक्ष बिकु थोकर का साथै बरिष्ठ हास्यव्यङ्ग्य कलकार रामचन्द्र अधिकारी , गायिका पुजा लामा ,मोडल मुना रुम्बा र डान्सर नवराज तितुङको साथमा स्थानीय कलकारहरूको बेजोड प्रस्तुती रहने बताइएको छ

Ad

सम्बन्धित समाचारहरु

गोदावरी भिलेज रिसोर्टको क्वारेन्टाइनमा १३ इण्डोनेसियन

ललितपुर । लकडाउनको समयमा अचानक ललितपुरमा भेटिएका १३ जना इन्डोनेसियनलाई गोदावरी भिलेज रिसोर्ट पुर्याईएको छ । बुधबार राति प्रहरीद्वारा इमाडोलस्थित मस्जिदमा पुर्याईएका उनीहरुलाई गोदावरी पठाईएको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले जानकारी दिएका छन् ।

जिल्ला प्रशासन कार्यालय रसुवाले गर्यो सवारी पास वितरण बन्द

धुन्चे । जिल्ला प्रशासन कार्यालय रसुवाले लकडाउनका वेला सवारीसाधन पास दिन बन्द गरेको छ । अत्यावश्यक सेवामा भन्दा बढि दुरुपयोग बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले नयाँ पास दिन बन्द गरेको हो।

Ad

प्रतिक्रिया दिनुहोस

Ad