# भर्खरै
Namaste Icon
Ad

सेक्युरिटी प्रेस कमिसन प्रकरण - जर्मन कम्पनीसँग सम्झौता हुने भएपछी अडियो बाहिरियो !

प्रधानमन्त्रीले डेढ महिना पहिले नै सुनेका थिए बार्गेनिङको अडियो

सेक्युरिटी प्रेस कमिसन प्रकरण - जर्मन कम्पनीसँग सम्झौता हुने भएपछी अडियो बाहिरियो !

काठमाडौँ । सेक्युरिटी प्रेस स्थापना गर्नका लागि स्वीस कम्पनीका नेपाल प्रतिनिधिसँग सञ्चारमन्त्री गोकुल बाँस्कोटाबीच कथित रुपमा भएको कमिसनको ‘डिलिङ’ अडियो सार्वजनिक भएको छ ।

काभ्रेको धुलिखेलमा स्थापना गर्ने भनिएको सेक्युरिटी प्रेस स्थापना गर्नका लागि स्वीस कम्पनीसँग सुरुमा कुरा भएपनि उसलाई नदिएर जर्मन कम्पनीलाई ठेक्का दिन लागिएपछि स्वीस कम्पनीका नेपाल एजेण्टले बास्कोटासँग भएको घुस प्रकरणको अडियो क्लिप बुधबार विभिन्न सञ्चारमाध्यमलाई दिएका हुन् । त्यही अडियो क्लिप यतिबेला सञ्चारमाध्यममा भाइरल बनिरहेको छ ।

स्वीस कम्पनीका नेपाल एजेण्ट प्रकाश शर्मा भनिने विजय प्रकाश मिश्रले बास्कोटासँग भएको कुराकानीको अडियो क्लिप करिब डेढ महिना पहिले नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएका थिए ।

जब स्वीस कम्पनीसँग सम्झौता नगरी जर्मन कम्पनीसँग सम्झौता गर्न खोजियो, त्यसपछि मिश्रले उक्त अडियो प्रधानमन्त्रीलाई दिँदै जर्मन कम्पनीसँग कुल बजेटको १२ प्रतिशत कमिशन लिएर सम्झौता गर्न लागिएको भन्दै प्रधानमन्त्रीलाई उक्त अडियो क्लिप पठाइदिएका थिए ।

तत्कालीन समयमा प्रधानमन्त्री ओलीले ‘हाम्रो नै पैसा लगेर हामीलाई नै घुस दिने ? यो हुनै सक्दैन,’ भन्दै जर्मन कम्पनीलाई पनि ठेक्का नदिने बताएका थिए । तर बिहिबार (फागुन ८ गते) लेखा समितिले जर्मन कम्पनीलाई नै ठेक्का दिन लागेपछि मिश्रको समूहले उक्त अडियो टेप सार्वजनिक गराएको थियो । रातोपाटीमा खबर छ ।

Ad

सम्बन्धित समाचारहरु

भरतपुर अस्पतालमा २६ वर्षीया युवतीको मृत्यु, कोरोना आशंकामा स्वाब परीक्षणको तयारी

चितवन । भरतपुर अस्पतालमा शुक्रबार बिहान मृत्यु भएकी एक युवतीको स्वाब परीक्षण गरिने भएको छ। परीक्षणको नतिजा नआएसम्मको लागि युवतीको शव छुट्टै सुरक्षित राखिएको छ। परीक्षणका लागि उनको स्वाब केन्द्रीय प्रयोगशाला काठमाडौँ पठाइनेछ।

बागलुङकी ६५ वर्षीय वृद्धामा कोरोना भेटियो, संक्रमितको संख्या ६ पुग्यो

काठमाडौँ । नेपालको कोरोना भाइरस संक्रमितको संख्या ६ पुगेको छ। यही चैत ४ गतेको कतार एयरवेजकै फ्लाइटमा दोहाबाट काठमाडौँ आएका थप एक जना महिलामा कोरोना संक्रमण देखिएको हो।

Ad

प्रतिक्रिया दिनुहोस

Ad