# भर्खरै
Namaste Icon
Ad

दोलखा भीमेश्वरको शिलामा पसिना, राष्ट्रपतिले क्षमापुजा सामग्री पठाईन

दोलखा भीमेश्वरको शिलामा पसिना, राष्ट्रपतिले क्षमापुजा सामग्री पठाईन

चरिकोट । सुप्रशिद्व दोलखाको भीमेश्वर मन्दिरको शीलामा १७ औं पटक आएको छ। बिहीबार बिहान ६ बजेर २८ मिनेटदेखि भीमेश्वरलाई पसिना आएको भीमेश्वर मन्दिर तथा पुजा व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले जानकारी दिए।

भीमेश्वरलाई पसिना आउँदा देशमा अत्यन्त अनिष्ट वा शुभ हुन्छ भन्ने धार्मिक मान्यता रहि आएको उनको भनाइ छ। पसिना आएपछि राष्ट्र प्रमुखको हैसियतमा राष्ट्रपतिले भीमेश्वर मन्दिरमा क्षमापुजा पठाउने चलन रहेको भीमेश्वर नगरपालिका-२ का वडाध्यक्ष विराज श्रेष्ठले बताए। यस अगाडि २०७४ सालमा भीमेश्वरलाई पसिना आएको थियो।

भीमेश्वर नगरपालिकास्थित उक्त ऐतिहासिक मन्दिरको शीलामा पसिना आएपछि अनिष्ट टार्न राष्ट्रप्रमुखले क्षमा पूजा गर्ने मान्यताअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले पूजा सामग्री पठाएकी थिइन्।

Ad

सम्बन्धित समाचारहरु

मजदुरी गरेर जीवन निर्वाह गर्ने परिवारलाई भोकै बस्न दिदैनौ - उपमेयर ढकाल

खगेन्द्र हमाल, सुर्खेत । बिरेन्द्रनगर नगरपालिकाकी उप-मेयर मोहनमाया ढकालले दैनिक ज्यालादारी मजदुरी गरेर जीवन चलाउन बाध्य परिवारलाई बिरेन्द्रनगर नगरपालिकाले राहत बितरण गरेको बताएकी छिन ।विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाईरस(कोभिड १९)को यस बिषम परिस्थितिमा सरकारले लकडाउन घोषणा गरेको समय अवधिभर दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरुले लकडाउनको समयमा काम गर्न नपाएर दैनिक छाक टार्न सक्ने नभएको भन्दै नगरपालिकाले सबै वडाहरुमा राहत वितरण गर्न थालेको उनको भनाई छ ।

कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा इन्सेकद्वारा १० लाख प्रदान गर्ने निर्णय

काठमाडौँ ।अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले नेपाल सरकारद्वारा स्थापित ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा १० लाख ४ हजार ६ सय ५४ रुपियाँ प्रदान गर्ने निर्णय गरेको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad