# भर्खरै
Namaste Icon
Ad

‘खाएको विष लाग्छ, अडियोको विषयमा दिउँसो बोल्छु' - मन्त्री बास्कोटा

करोडौंको प्रस्ताव धेरैले राख्छन्, त्यो काम मैले गरें कि गरिनँ हेर्दा होला।'

‘खाएको विष लाग्छ, अडियोको विषयमा दिउँसो बोल्छु' - मन्त्री बास्कोटा

काठमाडौँ । एक स्वीस कम्पनीसँग ७० देखि ७५ करोड रुपैयाँ कमिसन आउँदा त्यसको ७० प्रतिशत कमिसन आफूलाई दिन बार्गेनिङ गर्दै गरेको अडिओ टेप सार्वजनिक भएपछि सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटाले आफूले कुनै गल्ती नगरेको जिकिर गरेका छन्।

खाएको विषमात्रै लाग्ने भन्दै उनले भने, ‘खाएको विष लाग्छ, नखाएको विष लाग्दैन, एक-दुई दिन मजा लिन दिनुस्।’ बाँस्कोटाले अडिओ रेकर्डमा बोल्ने एकजना मानिस आफू भएको घुमाउरो पारामा स्वीकार गरेका छन्।

'त्यस्तो करोडौंको प्रस्ताव धेरैले राख्छन्, कतिले मोबाइल रेकर्ड गर्छन्, काम भए गुपचुप राख्छन्। नभए के हुन्छ देखिहाल्नु भयो' उनले भने, 'त्यो काम मैले गरें कि गरिनँ हेर्दा होला।' उनले आफूलाई त्यस्ता धेरै प्रस्ताव आउने गरेको पनि बताए।

‘त्यस्ता प्रस्ताव धेरैवटा आउँछन्। आउनेजति सबै मान्ने हो भने १० अर्ब जतिको आयो होला', उनले भने। मन्त्री बाँस्कोटाले सो अडिओ टेपका बारेमा आज ३ बजे हुने सरकारको नियमित पत्रकार सम्मेलनमा बोल्ने बताए।

‘अडिओ के कसो हो भन्ने बारेमा दिउँसो बोल्छु', उनले भने। 

Ad

सम्बन्धित समाचारहरु

भरतपुर अस्पतालमा २६ वर्षीया युवतीको मृत्यु, कोरोना आशंकामा स्वाब परीक्षणको तयारी

चितवन । भरतपुर अस्पतालमा शुक्रबार बिहान मृत्यु भएकी एक युवतीको स्वाब परीक्षण गरिने भएको छ। परीक्षणको नतिजा नआएसम्मको लागि युवतीको शव छुट्टै सुरक्षित राखिएको छ। परीक्षणका लागि उनको स्वाब केन्द्रीय प्रयोगशाला काठमाडौँ पठाइनेछ।

बागलुङकी ६५ वर्षीय वृद्धामा कोरोना भेटियो, संक्रमितको संख्या ६ पुग्यो

काठमाडौँ । नेपालको कोरोना भाइरस संक्रमितको संख्या ६ पुगेको छ। यही चैत ४ गतेको कतार एयरवेजकै फ्लाइटमा दोहाबाट काठमाडौँ आएका थप एक जना महिलामा कोरोना संक्रमण देखिएको हो।

Ad

प्रतिक्रिया दिनुहोस

Ad