Namaste Icon
Ad
Ad

मकवानपुरगडीमा जीपलाईन सहितको गडीभ्यु रिसोर्ट

मकवानपुरगडीमा जीपलाईन सहितको गडीभ्यु रिसोर्ट

हेटौंडा । मकवानपुरको गढीगाउँपालिका वडा नं २ ताप्लाखर्कमा मकवानपुरकै नमुनालायक होटल गढी भ्यू एण्ड रिसोर्ट संचालन गर्ने लक्ष्यसहित निर्माण कार्य भईरहेको छ । रिसोर्टले गत शुक्रबारबाट जीपलाइन समेत संचालनमा ल्याएको छ । जीपलाइन नेपालकै तेस्रो रहेको संचालकहरु बताउँछन् । एघार सय मिटर दुरीको रहेको उक्त जीपलाईन अब दुई ओटा (लठ्ठा) डोरीमार्फत् संचालन गर्ने तयारीमा रहेको संचालक बद्रीप्रसाद अधिकारीले बताए ।

दुबै डोरीबाट जीपलाईन संचालनमा आएपछि नेपालकै पहिलो जीपलाईन हुने उनले दाबी गरे । मकवानपुरकै पहिलो र नेपालकै तेस्रो रहेको जीपलाइनमा मकवानपुर मात्र नभई छिमेकी जिल्लाको नागरिकको चासो बढेको छ । अहिले दैनिक जीपलाइन चढ्नका लागि नागरिकको सहभागिता उलेख्य रहेको छ । होटल गढी भ्यू एण्ड रिसोर्टले संचालन गरेको जीपलाइन आफ्नै घर आँगनमा पाउँदा स्थानीय दंग परेका छन् ।

गत माघ २ गते गडी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईंले जॆपलाईनको उद्घाटन गरेपश्चात ५०० बढीले यहाँ आएर मनोरन्जन लिईसकेका छन् । साहसिक खेल मानिने जीपलाइन मकवानपुरको यो पहिलो हो भने देशकै तेश्रो हो । आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धन गर्ने उद्देश्यले कुल ३५ कठ्ठामा होटल गढी भ्यू एण्ड रिसोर्ट संचालनको तयारीमा लागेको र जीपलाइन पनि संचालनमा ल्याएको संचालक अधिकारीले जानकारी दिए । दश जना संचालक रहेको होटल गढी भ्यू एण्ड रिसोर्टले पर्यटन बर्ष २०२० लाई लक्षित गर्दै संचालनमा ल्याएको जीपलाइन नागरिकलाई सर्वसुलभ तरिकाले सेवा दिने लक्ष्य लिएको बताए ।

करिब १५ करोड रुपैयाँको लागतमा होटल गढी भ्यू एण्ड रिसोर्ट सहित जीपलाइन संचालन गर्ने लक्ष्यअनुसार काम भइरहेको अधिकारीको भनाइ छ । सोही स्थानमा स्विमिङ पुल, बालउद्यान, पार्क, क्याम फायरिंग, ग्राहक बस्ने अत्याधुनिक र सुबिधासम्पन्न कटेजको निर्माण गर्ने लक्ष्य रहेको अधिकारीको भनाइ छ । एक हजार क्षमताको सभागृह र पार्टी प्यालेसलगायत संचालन गर्ने लक्ष्य लिइएको उनले जानकारी दिए ।

अहिले दैनिक सयौंको संख्यामा जीपलाइन खेल्न र हेर्नका लागि सर्वसाधारण नागरिक आउनेक्रम जारी छ । निर्माण सम्पन्न भएपछि बार्षिक ५ करोड रुपैयाँको कारोबार गर्ने लक्ष्य लिइएको समेत बताइएको छ । चालु आर्थिक बर्षको असार मसान्तसम्म यी सबै काम सक्ने लक्ष्य लिइएको संचालक अधिकारीको भनाइ छ । बिस्तारै रातको समयमा पनि जीपलाइन चलाइने योजना रहेको अधिकारीले सुनाए ।

बाग्मती प्रदेशको राजधानी हेटौंडाबाट १८ किलोमिटर भित्र पर्ने रिसोर्ट मकवानपुर जिल्लाकै रिसोर्टमध्ये नमूनालाएक रिसोर्ट बन्ने संचालकले दाबी गरेका छन् । समुद्री सतहबाट करिब एघार सय मिटरको उचाईमा निर्माणधीन रिसोर्ट ढुङ्गेगढीको काखमा रहेर नेपालका गढीमध्ये सबै भन्दा ठुलो एतिहासिक मकवानपुरगढीलाई नियाल्दै पारिवारीक वाताबरणमा उत्तम हावा पानिको मज्जा लिन सकिने भएकोले यो रिसोर्ट मकवानपुरकै उत्कृष्ट बन्ने संचालक बताउँछन् ।

Ad

सम्बन्धित समाचारहरु

निजगढ बिमान स्थल पहुच मार्ग बनाउन चार हजार २ सय रूख काटिने

दिपेन्द्र जयसवाल, बारा । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि आवश्यक पर्ने पहुँचमार्ग बनाउन चार हजार २ सय रूख काटिने भएको छ। निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना निर्माणका लागि अन्तरनिकाय समन्वय, सहजीकरण एवं आइपरेका समस्या समाधान गर्न निरन्तर क्रियाशील रहने गरी गठित उच्चस्तरीय सहजीकरण समितिको बैठकले कटान स्वीकृतीका लागि वन तथा वातावरण मन्त्रालयले यथाशीघ्र नेपाल सरकार मन्त्रिपरिषद् समक्ष प्रस्ताव पेश गर्ने निर्णय गरेको हो।

देश घुम्नेलाई आयकर छुट! बिल बुझाएको आधारमा आयकर छुट

देश घुम्नेलाई आयकर छुट! बिल बुझाएको आधारमा आयकर छुट

काठमाडौं । कोरोना भाइरसबाट थलिएको पर्यटन क्षेत्रलाई उकास्न आन्तरिक पर्यटकलाई सहुलियत दिनुपर्ने नेपाल पर्यटन बोर्डले सुझाव दिएको छ । कोरोना महामारीबाट परिस्थिति सामान्य हुँदै गएपछि पहिलो चरणमा आन्तरिक पर्यटकलाई नै प्राथमिकतामा राखेर योजना बनाउनुपर्ने बोर्डले सरकारलाई सुझाव दिएको हो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad