# भर्खरै
Namaste Icon
Ad

विश्वविद्यालयमा तत्काल योग्य र सक्षम व्यक्ति नियुक्त गरियोस्

डा डिला संग्रौला पन्त

विश्वविद्यालयमा तत्काल योग्य र सक्षम व्यक्ति नियुक्त गरियोस्
डा डिला संग्रौला पन्त

स्टेफन हकिङले भन्नु भएको छ, ‘ज्ञानको सबैभन्दा ठूलो दुश्मन अज्ञानता होइन । ज्ञानको भ्रम हो ।’ यो भनाईमा जस्तै बहुत ज्ञानी छु भन्ने नेकपा सरकारले बोकेको छ । कुलपति समेत रहनु भएका प्रधानमन्त्री र द्वन्द्वका बेला बुर्जुवा शिक्षा नपढ्न उर्दी जारी गर्नु हुने शिक्षामन्त्रीको विश्वविद्यालयप्रतिको दृष्टिकोण ज्यादै अपरिपक्क र अव्यवहारिक छ ।

दक्ष जनशक्ति उत्पादन गर्ने विश्वविद्यालयहरू महिनौंदेखि पदाधिकारी विहीन छन् । विश्वविद्यालयलाई सरकारको कार्यकर्ता भर्तीकेन्द्र बनाउन खोजेको छ । ६ वटा विश्वविद्यालय भदौ ७ गतेदेखि नेतृत्वविहीन छन् । विधिपूर्वक नेतृत्व छान्नुपर्ने विश्वविद्यालयमा पनि कलुसित राजनीतिको छाया छ । भागबण्डाका आधारमा नेतृत्व चयन नहोस् । तत्काल योग्य र सक्षम व्यक्ति नियुक्त गरियोस् ।

लाखौं विद्यार्थीको भविष्यमाथि खेल्ने अधिकार न प्रधानमन्त्रीलाई छ, न मन्त्रीलाई । लाभको लोभले राष्ट्रका भविष्यको उज्यालो भविष्य खोस्ने चेष्ठा नहोस् । सरकारका काम कारबाहीलाई राम्रो–नराम्रो छुट्टयाउने सदन हो । यो विषय तत्काल सम्बोधन गर्न सदनमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।

Ad

सम्बन्धित समाचारहरु

१० बोरा बासमती चामल घरमा लुकाएर १ बोरा मनसुली चामलको लागि लाईन बस्ने स्थिति नहोस

पुरुषोत्तम हुमागाईं, चापागाउँ

5 Effective tips for Public Speaking

5 Effective tips for Public Speaking

केही जित हासिल मध्य यदि कोहि ब्यक्ति २/४ जना ब्यक्तिहरुको माझ निर्धक्क बोल्न सक्छ त्यसलाइ पनि मनोबैज्ञानिक रुपमा जित मान्न सकिन्छ । यदि तपाईं पनि २/४ जना ब्यक्तिहरुको माझ आफ्नो कुरा निर्धक्कका साथ राख्न सक्नु हुन्छ भने तपाइले जिबनमा केही तरक्की गर्न सक्नुहुन्छ । तर अधिकास मानिस २/४ जना व समुहमा खुलेर कुरा गर्न नै सक्दैनन् र भन्ने गर्छन् बरु म मर्छु, म बोल्न व भाषण गर्न सक्दिनँ । यस्तो हुनुको पछाडिको कारण हो डर !

Ad

प्रतिक्रिया दिनुहोस

Ad