# भर्खरै
Namaste Icon
Ad

ज्योति मगर नाचिरहेका बेला तनाव, उत्तेजित पाँच युवा पक्राउ – ज्योतिले दिईन यस्तो प्रतिक्रिया

ज्योति मगर नाचिरहेका बेला तनाव, उत्तेजित पाँच युवा पक्राउ – ज्योतिले दिईन यस्तो प्रतिक्रिया
तस्बिर गायिका ज्योती मगरको फेसवुकबाट

कञ्चनपुर । गायिका ज्योति मगरले स्टेजमा नाचिरहेका बेला युवाहरु उत्तेजित भएपछि तनावपूर्ण वातावरण सिर्जना हुन पुग्यो । महेन्द्रनगरमा जारी सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव २०७६ मा ज्योति मगरको डान्स हेर्दै गर्दा युवाहरु उत्तेजित भएका हुन ।

उत्तेजित युवाहरुबीच झडप समेत भए । उत्तेजित युवाहरु ज्योति मगरसँगै नाच्ने भन्दै स्टेजमै चढ्न लागेपछि प्रहरीले बल प्रयोग गर्नु परेको थियो । प्रहरीले लाठीचार्ज समेत गरेपछि केही युवा घाइते समेत भए ।


उत्तेजित युवाहरुलाई रोक्न खोज्दा भएको झडपमा केही प्रहरीसमेत घाइते भएका छन् । डान्स हेर्दै उच्छृंखल गतिविधि गर्ने पाँच जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक सुरज कार्कीले बताए ।

उत्तेजित युवाहरुको भीडका कारण काठको पर्खाल समेत भत्केको छ । महोत्सवमा गायिका मगर आउने प्रचार प्रसार भएपछि युवा दर्शकको भीड नै लागेको थियो ।

 

 

Ad

सम्बन्धित समाचारहरु

सन्देशमुलक चलचित्र ‘अटिजम’को दोस्रो गीत सार्वजनिक

सन्देशमुलक चलचित्र ‘अटिजम’को दोस्रो गीत सार्वजनिक

फरक विषयवस्तुमा बनेको सन्देशमुलक चलचित्र ‘अटिजम’को दोस्रो गीत सार्वजनिक भएको छ । केशव रेग्मी सान्दाइद्धारा निर्देशित चलचित्र अटिजमको सरस्वती विद्याकी खानी बोलको बाल प्रस्तुती रहेको गीत खुल्ला सञ्चारको युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

मार्मिक गीत 'मेरो सिन्दुर मेटी' मा भरत बोहरा, तेज र सुसमिता (भिडियो सहित)

काठमाडौं । गायक पदमजान बोहरा र रितु थापाको स्वर रहेको डेउडा भाकाको मार्मिक गीत 'मेरो सिन्दुर मेटी' सार्वजनिक भएको छ । उक्त गीत देउडा हाम्रो संस्कृति नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । पदमजान बोहराकै लय संगीत रहेको गीत विजय थापाले एरेन्ज गरेका छन ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad