# भर्खरै
Namaste Icon
Ad

अनिता छिनाल, गणेश बि.सी र प्रकाश परियारको अभिनयमा "धोकेबाज" सार्बजनिक (भिडियो सहित)

अनिता छिनाल, गणेश बि.सी र प्रकाश परियारको अभिनयमा "धोकेबाज" सार्बजनिक (भिडियो सहित)

काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्र सम्वृद्धिको निमित्त निकै लामो समय यता यस क्षेत्रमा क्रियासिल सर्जक ओम छिनालको लय सृजनामामा फेरी अर्को गीत बजारमा आएको छ । सर्जक ओमले गीत सिर्जना गर्ने मात्र होइन केहि गीतको म्युजिक भिडियोमा अभिनय समेत गरिसकेका छन् । स्थायी घर गोर्खा र हाल मलेसियामा रोजगारीको सिलसिलामा रहेका उनको सृजनाले सजिएको पछिल्लो गीत "धोकेबाज" बोलको रहेको छ । प्रकाश परियारको प्रस्तुतिमा बजारमा आएको उक्त गीतमा मौसम गुरुङ्ग र पूर्णकला बि.सी को सुमधुर स्वर सुन्न सकिन्छ ।

शितल शिजन डिजिटल प्रालि मार्फत सार्बजनिक भएको गीतलाई शब्द भने प्रस्तुतकर्ता स्वयम् प्रकाश परियारले तयार परेका हुन् । "धोकेबाज" बोलको गीतको म्युजिक भिडियोमा अनिता छिनाल, गणेश बि.सी र प्रकाश परियारको अत्यन्त मनछुने अभिनय देख्न सकिन्छ ।भिडियोलाई निर्देशन ओम श्रेष्ठले गरेका हुन् भने छायांकन प्रकाश खड्का र सम्पादन राजेश कुमारले गरेका छन् । गीतमा अजम्बरी मायाको बाचा गरेर बीच बाटोमा नै अलपत्र पारेर धोका दिईएको प्रसङ्ग समाबेस गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।


 

Ad

सम्बन्धित समाचारहरु

सन्देशमुलक चलचित्र ‘अटिजम’को दोस्रो गीत सार्वजनिक

सन्देशमुलक चलचित्र ‘अटिजम’को दोस्रो गीत सार्वजनिक

फरक विषयवस्तुमा बनेको सन्देशमुलक चलचित्र ‘अटिजम’को दोस्रो गीत सार्वजनिक भएको छ । केशव रेग्मी सान्दाइद्धारा निर्देशित चलचित्र अटिजमको सरस्वती विद्याकी खानी बोलको बाल प्रस्तुती रहेको गीत खुल्ला सञ्चारको युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

मार्मिक गीत 'मेरो सिन्दुर मेटी' मा भरत बोहरा, तेज र सुसमिता (भिडियो सहित)

काठमाडौं । गायक पदमजान बोहरा र रितु थापाको स्वर रहेको डेउडा भाकाको मार्मिक गीत 'मेरो सिन्दुर मेटी' सार्वजनिक भएको छ । उक्त गीत देउडा हाम्रो संस्कृति नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । पदमजान बोहराकै लय संगीत रहेको गीत विजय थापाले एरेन्ज गरेका छन ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad