Namaste Icon
Ad
Ad

'महिनावारी भएको बेला पनि मन्दिर जान्थेँ’

क्रिष्टिना श्रेष्ठ, समाजसेवी

'महिनावारी भएको बेला पनि मन्दिर जान्थेँ’
क्रिष्टिना श्रेष्ठ, समाजसेवी

सानै उमेरदेखि उद्धारवादी सोच राख्ने क्रिष्टिना श्रेष्ठले ‘फिलीप’ नामक उपन्यास बजारमा ल्याएकी छन् । उपन्यासमा श्रेष्ठले गरेको उद्धारवादी कार्यलाई समेटिएको छ । ‘फिलीप’ उपन्यास एक बेलायती नागरिक फिलीप ब्रायडली नेपालमा अलपत्र तथा बिरामी परेर बसेको अबस्थामा लेखक श्रेष्ठले उद्धार गरेको कहानीमा आधारित छ ।

मानिसलाई कुनैबेला उद्धारभन्दा पनि मुक्ति चाहिने अनुभव क्रिष्टिनाको छ । फिलीप एक बेवारिसे अवस्थामा गुज्रिरहेको अन्तराष्ट्रिय व्यक्ति थियो । उसलाई उद्धार होईन मुक्तिको खाँचो भएको महशुस गर्दै फिलीपको मुक्तिका लागि प्राथना गरेको श्रेष्ठ बताउँछिन् । वैज्ञानिक दुनियाँमा आशा/भरोसा राख्दै आएकी क्रिष्टिनालाई समय र परिवेशले नास्तिकबाट आस्तिकतर्फ उन्मुख गरेको फिलीप उपन्यासबाट प्रष्ट हुन्छ । त्यस्तै, उनी भन्छिन, ‘जबजब आफूलाई महिनावारी हुन्थ्यो तबतब मन्दिर जाने गरेको र यो दुनियाँमा भगवान भन्ने कुरा हुँदैन, यो मिथ्या हो भन्ने लाग्थ्यो ।’

कानुन विषय लिएर अध्ययन गरिरहेकी क्रिष्टिना आफुलाई मात्र राम्रो हुने काम सबैले गर्छन तर अरुको भलाईका लागि काम गर्न सके आनन्द लाग्ने बताउँछिन । उद्धारवादी सोच र समाजसेवामा तल्लिन श्रेष्ठ मानिस जुन देशको भएपनि भावना, रगत, मन र इच्छा सबैको उस्तै हुनेमा विश्वस्त छिन ।

समाजसेवा र उद्धार गर्ने कार्यहरु गर्दा विभिन्न मानिसहरुले गरेको ताली र गालीका कारण अझ परिपक्व भएको महसुस गर्दै उनी भन्छिन् ‘म एक काँचो फलाम थिएँ जसलाई भुंग्रोमा हालेर खुकुरी बनेर निस्किन सफल भएँ ।’ मलाई कति मान्छेले त कमेन्टमा रत्नपार्कको.....सम्म भन्न भ्याए । यो तितो अनुभवसँगै भोलिका दिनमा आईपर्ने समस्याहरुभन्दा पनि आजको समस्यालाई फेस गर्न सक्नु नै राम्रो हुने उनको धारणा रहेको छ । यो समाजको बुझाईप्रति इंगित गर्दै उनी भन्छिन् ‘कुनै पनि काम अरुलाई परेको बेला कुरा आउँछ तर आफूलाई त्यहि काम परेको बेला ज्वरो आउँछ ।’

उनले गरेका विभिन्न कार्यहरुबारे स्पष्ट हुन हेर्नुहोस उनै उद्धारवादी महिला क्रिष्टिना श्रेष्ठसँग दर्पण दैनिकले गरेको कुराकानीको भिडियो

 

 

 

 

Ad

सम्बन्धित समाचारहरु

'यस्तो अब्यबस्थित लकडाउनले जनतालाई भोकले र रोगले मर्ने आउन  नदेउ सरकार'

रामबहादुर थापा एक समसामयिक विषयमा आवाज उठाउने सामाजिक अभियन्ता हुन । उनको वास्तविक नाम भने प्रेमबहादुर थापा हो । उनले नेपाली समाजमा हुने विविध प्रकारका विषयमा आफ्ना आवाजहरु बुलन्द गर्दै आएका छन । कहिले घरभाडाका विषयमा, कहिले यातायात क्षेत्रका विषयमा त कहिले सार्जजानिक जग्गाका विषयमा कुराहरु उठाउदैँ आएका छन । अहिले विश्वका अधिकांश देशहरु लकडाउनमा छन । नेपाल पनि कोभिड नाईन्टिन अर्थात् कोरोनाका कारण लकडाउनमै छ । बन्दाबन्दीकाे बेला सामाजिक अभियन्ताहरुले समाजलाई कसरी नियालीरहेका छन त, लगायतका विषयमा उनै अभियन्ता रामबहादुर थापासँग दर्पण दैनिकका लागि केशर विश्वकर्माले गरेको कुराकानीको सम्पादित अंशः

स्वाभिमानी नेपालीलाई मिचाहा प्रवृत्ति सह्य हुँदैनः डा मीनेन्द्र रिजाल

काठमाडौं । नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजाल यस पटक निकै चर्चामा छन । प्रमुख प्रतिपक्षको भूमिका अपेक्षित रूपमा प्रभावकारी नदेखिएको टिप्पणी भइरहेका बेला उनले भारतसँंगको सम्बन्धलाई लिएर कांग्रेसलाई मात्र होइन अन्य दल र सर्वसाधारण नेपाली जनतालाई समेत तरंगित तुल्याएका छन । डा रिजाल अतिक्रमित भूभाग फिर्ता लिने सम्बन्धमा नेपाली जनताले देखाएको अभूतपूर्व एकता प्रदर्शनीबाट सन्देश लिन भारतीय नेतृत्व तहलाई सुझाव दिन्छन ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad