Namaste Icon
Ad
Ad

सुदुरका गणेश साउद जिसी यसरी बने गायक तथा मोडल

सुदुरका गणेश साउद जिसी  यसरी बने गायक तथा मोडल

गणेश साउद जिसी  सुदुरपश्चिम प्रदेशका एक नव उदयमान कलकारिताका तारा हुन् । डोटी जिल्लाको दिपायल–सिलगडि नगरपालिकाका साउद सर्जक, श्रष्टा र मोडल पनि हुन् । क्यासेटको जमान र मोबाईल फोनको सुविधा नभएको स्मरण गर्दै साउद भन्छन्, ‘गाँउघरमा हुने पूजापाठ र मेलापातमा गाउने र नाँच्ने गरेकोले पनि आज यहाँसम्म आईपुगेको हुँ ।’ आमाले यो क्षेत्रमा कसरी अगाडी बढ्न सक्छस, हामी यस्तो ठाँउको मान्छे तँलाई कसले चिनेको छ, तलाई कसले सहयोग गर्छ भन्दाभन्दै पनि आफ्नो सपनालाई पुरा गर्न अठोटका साथ लागिरहेका छन गणेश साउद । अग्रज कलाकारहरुको प्रेरणाबाट प्रभावित भएका उनि एक न एक दिन त म पनि स्टेजमा जान्छु र सबैलाई आफ्नो प्रतिभा देखाउछु भन्ने विश्वासमा पक्का थिए ।


साउदको पछिल्लो समयमा अति चर्चामा रहेको छ ‘फोर जी को ग्याङ्ग’ । ‘फोर जी को ग्याङ्ग’ उनको पाचौँ गीत हो । यसमा स्वर, शब्द र संगीत साउदकै रहेको छ । जसमा सुवास कार्की र्यापमा साथ दिएका छन् भने विक्रम चौहानले निर्देशन गरेका छन् । त्यस्तै कलाकारहरुमा करिश्मा ढकाल, सुवास कार्की, शेर थापा र गणेश साउद जिसी रहेको सो भिडियोमा नरेश ऐरले क्यामेरामा र मिलन विश्वकर्माले सम्पादनमा साथ दिएका छन् ।


यस गीतले सकरात्मक सन्देश दिन खोजेको पनि साउदले बताएका छन । उनले भने ‘ग्याङ्ग भन्ने बित्तिकै नराम्रो हुन्छ भनेर सोचेका हुन्छन तर यो त्यस्तो होईन सकरात्मक ग्याङ्ग हो ।’ आगमी दिनमा आउने गीतहरुमा अचेल त तु ठुली बन्नी यार, रक्सी खान छोडीहाल्या के रमाईलो हुुनु, लाउ माया फिरिमा, प्रदेश सातको हरामी छोरट्टो, लग्यो मुटु कलेजो चुँडालेर लग्यो, छड्केली गीत राम–सीता लगायत रहेका छन् ।


विगत ३÷४ वर्ष देखि अनौपचारिक रुपमा र १ वर्षयता सक्रिया रुपमा संगित क्षेत्रमा निरन्तर यात्रा गरिरहेका साउदले आधुनिक, लोकपप, लोकदोहोरी, देउडा आदि गीतको म्युजिक भिडियामा मोडेलिङ पनि गरेका छन् । दर्शक–श्रोताको मायाका कारण यहि क्षेत्रमा लागेर आफ्नो जीविकोपार्जन भईरहेको बताउने साउद आजभोलि नेपाल तथ भारतका विभिन्न स्टेज कार्यक्रममा व्यस्त रहँदै आएका छन् । सुरुका दिनहरुमा भएको गाह्रो क्षणको स्मरण गर्दै साउद भन्छन् ‘पहिला पहिला त रुनु न हाँस्नु भएको थियो पछि विस्तारै सहज हुँदै गयो । अग्रजको सामु गाउनु पर्दा धेरै असहज लागेको थियो । पहिलो दिन गाउँनै सकिन, दोस्रो दिन पनि सकिन र तेस्रो दिन पनि गाउन सकिन । त्यसपछि ल म गीतै गाउँदै गाउँदिन भनेर हिँडे । अनि मोडलिङ गर्नतर्फ लागेँ । तर पछि रियाज गर्दै गएँ, स्वर पनि खुल्दै गयो । त्यसपछि सजिलो हुँदै गयो र गाउँन तिर लागे ।’ यति धेरै बाधा अडचनको साथ अगाडी बढेका साउद सम्पूर्ण दर्शक–श्रोताको माया तथा सल्लाहा, सुझाव र प्रतिक्रियाको आशामा छन् ।

(गणेश साउद जिसीसँग कुराकानीमा आधारित)

 

Ad

सम्बन्धित समाचारहरु

'घरमै बस्नुस् प्रतिभा देखानुस् पुरस्कार जित्नुस्, तनाब हटाउनुस्'

काठमाडौं । स्टेट एट मिडियाले नेपालको अग्रणी डिजिटल पेमेन्ट सेवामध्येको डिजीपेको प्रायोजनमा 'घरमै बस्नुस् प्रतिभा देखानुस् पुरस्कार जित्नुस्, तनाब हटाउनुस्'' भन्ने मूल नाराका साथ नेपालमै अनौठो प्रतियोगिताः डिजीपे–लकडाउन्स गट ट्यालेन्ट सुरु गरेको छ । कोरोना भाइरस महामारीका कारण लगाइएको लकडाउनमा स्वःस्फूर्त रुपमा टिकटक, फेसबुकसहितका सामाजिक सञ्जालमा भिडियो बनाएर अपलोड गर्ने क्रम बढेसँगै स्टेट एट मिडियाले डिजीपेको सहकार्यमा यसैलाई अवसरमा रुपान्तरण गर्न ‘डिजीपे– लकडाउन्स गट ट्यालेन्ट’ प्रतियोगिता आयोजना गरेको हो ।

बिदेशी भूमिमा तड्पीरहेका लाखौ नेपालीको व्यथा आउछु फर्केर (भिडियो सहित)

काठमाडौं । कोरोना को महामारीमा बिदेशी भुमि मा रहेका नेपालीहरु को पिडालाई समेटेर तयार पारिएको प्रभावन जे को लोक तथा दोहोरि गित 'आउछु फर्केर' सार्वजनिक भएको छ । डिएआर मुभिजले बजारमा ल्याएको उक्त गितमा लोक तथा दोहोरि गायक, सर्जक प्रभावनजे को शब्द , लय र स्वर रहेको छ भने स्मृति गौतमले उनलाई स्वरमा साथ दिएकि छन् ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad