# भर्खरै
Namaste Icon
Ad

ज्येष्ठ नागरिकको सम्मानमा चन्द्रागिरि केवलकार निशुल्क सेवा दिने

ज्येष्ठ नागरिकको सम्मानमा चन्द्रागिरि केवलकार निशुल्क सेवा दिने

काठमाडौं । ज्येष्ठ नागरिकहरुको सम्मानकालागि चन्द्रागिरि हिल्स लिमिटेडद्वारा प्रवद्र्धित चन्द्रागिरि केवलकारमा सेवा लिने ७० बर्ष नाघेका आन्तरिक तथा बाह्य पर्यटकलाई केवलकार सेवा निशुल्क प्रदान गर्ने भएको छ । बच्चा देखि बृद्धसम्म सबैका लागि निर्माण गरिएको एकीकृत पर्यटकीय गन्तव्यमा ज्येष्ठ नागरिकहरुको भ्रमणलाई उत्साहित बनाउने उद्देश्यले यो योजना ल्याइएको कम्पनीले जनाएको छ । यो योजना अन्र्तगतको सेवा लिन पर्यटकहरुले ज्येष्ठ नागरिकको परिचय खुल्ने आधिकारिक कागजात टिकट काउन्टरमा उपलब्ध गराउनु पर्नेछ ।

आफ्नो जन्मदिनको अवसरमा चन्द्रगिरि केवलकार चढ्न जाने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई निशुल्क केबलकारको व्यवस्था कम्पनी व्यवस्थापनले यस अघि नै गरिसकेको छ । त्यसका अतिरिक्ततीन फीट सम्म उचाईं भएका बालबालिकाहरू लाई पूर्णत निशुल्क केबलकार चढ्न पाउने व्यवस्था कम्पनी स्थापना सँगै गरिँदै आइएको छ । साथै केबलकारको शुल्कमा स्थानीय नागरिक र विद्यार्थीहरुलाई पच्चीस प्रतिशत र शारीरिक रुपमा फरक क्षमता भएका व्यक्तिलाई पचास प्रतिशत छुटको व्यवस्था कम्पनीले गर्दै आएको छ । ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हलर रिर्सोट लगायतकापूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमाविकास गरिरहेको छ ।

Ad

सम्बन्धित समाचारहरु

कोरोनाको रोकथाम तथा नियन्त्रणको लागि नेपाल बैंकले सातै प्रदेशमा ५/५ लाख सहयोग दिने

काठमाडौँ । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले समग्र विश्वलाई नै प्रभावित पारिरहेको मानवीय विपतको घडीमा सरकारलाई साथ दिनुपर्ने भन्दै नेपाल बैंक लिमिटेडले सातै प्रदेशका सरकारले स्थापना गरेको कोरोनाको रोकथाम तथा नियन्त्रण कोषमा ५/५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

काेराेना कहरमा सहकारीको भूमिका

काेराेना कहरमा सहकारीको भूमिका

काेराेना महामारीको अवस्थामा बैंक वित्तीय संस्था लगायत सहकारीहरुले केही हदसम्म भएपनि सेवा दिईरहेकाे पाईन्छ । यद्यपि लकडाउन अझै केही दिन वा हप्ता लम्बिने देखिन्छ । यस्तो असहज अवस्थामा सहकारीले निम्न सेवाहरु सुचारु गर्न सक्छन् ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad