# भर्खरै
Namaste Icon
Ad

प्रभु बैंकको प्रभु गुडलक सेभिङ निक्षेप योजना

प्रभु बैंकको प्रभु गुडलक सेभिङ  निक्षेप योजना

काठमाडौं । प्रभु बैंक लिमिटेडले विभिन्न कलेज अध्ययनरत विद्यार्थीहरु तथा कर्मचारीहरुलाई लक्षित गर्दै आकर्षक सेवा सुविधा सहित प्रभु गुडलक सेभिङ नामक नयाँ निक्षेप योजना सञ्चालनमा ल्याएको छ । शुन्य मौजदातमा खाता खोल्न सकिने प्रभु गुडलक सेभिङ खाता खोल्नासाथै उक्त खातामा बैंकको तर्पmबाट १ सय रुपैयाँ जम्मा गरिदिने व्यवस्था मिलाईएको छ । प्रभु गुडलक सेभिङ योजना अन्तर्गत खाता खोल्ने खाता धनीहरुलाई वार्षिक ६ दशमलव ५ प्रतिशत ब्याज, डिम्याट खाता, मेरो शेयर अनलाइन सेवा, डेबिट कार्ड, अन्तरशाखा कारोबार, इन्टरनेट बैंकिङ्ग, मोवाइल बैकिङ्ग लगायतका सेवाहरु निःशुल्क रुपमा उपलब्ध हुनेछन् ।

प्रभु गुडलक सेभिङ अन्तर्गत खाता खोल्ने खाता धनीहरुलाई बैंकले सहायक कम्पनी प्रभु क्यापिटलसँगको आवश्यक समन्वय तथा सहकार्यमा सम्बन्धित कलेज तथा विश्वविद्यालयहरुमै गएर पूँजीबजारसँग सम्बन्धित लगानीका अवसरहरु बारेमा व्यवहारिक ज्ञान तथा यथार्थपरक परामर्श प्रदान गर्ने व्यवस्था रहेको छ । बैंकको यस प्रभु गुडलक सेभिङमा सहभागी हुने विद्यार्थीहरुलाई अध्ययन सँगसँगै आर्थिक आत्मनिर्भरता तर्फ अग्रसर हुने अवसर समेत मिल्ने बैंकको दाबी छ ।

 

 

Ad

सम्बन्धित समाचारहरु

कोरोनाको रोकथाम तथा नियन्त्रणको लागि नेपाल बैंकले सातै प्रदेशमा ५/५ लाख सहयोग दिने

काठमाडौँ । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले समग्र विश्वलाई नै प्रभावित पारिरहेको मानवीय विपतको घडीमा सरकारलाई साथ दिनुपर्ने भन्दै नेपाल बैंक लिमिटेडले सातै प्रदेशका सरकारले स्थापना गरेको कोरोनाको रोकथाम तथा नियन्त्रण कोषमा ५/५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

काेराेना कहरमा सहकारीको भूमिका

काेराेना कहरमा सहकारीको भूमिका

काेराेना महामारीको अवस्थामा बैंक वित्तीय संस्था लगायत सहकारीहरुले केही हदसम्म भएपनि सेवा दिईरहेकाे पाईन्छ । यद्यपि लकडाउन अझै केही दिन वा हप्ता लम्बिने देखिन्छ । यस्तो असहज अवस्थामा सहकारीले निम्न सेवाहरु सुचारु गर्न सक्छन् ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad