# भर्खरै
Namaste Icon
Ad

मोडल खुस्बु ओलीलाई दुई वर्ष कैद फैसला

मोडल खुस्बु ओलीलाई दुई वर्ष कैद फैसला

काठमाडौं । मोडल खुस्बु ओलीलाई जिल्ला अदालत काठमाडौंले दुई वर्ष कैदको फैसला सुनाएको छ । सापटी लिएको रकम नतिरेपछि ओलीलाई शुक्रबार अदालतले २ वर्ष कैदको फैसला सुनाएको हो । सप्तरीको राजविराज–८ का गोपाल कटुवालसंग ओलीले २ वर्षअघि जग्गा किन्न लागेको र त्यसका लागि रकम नपुगेको भएको भन्दै सापट लिइन् ३६ लाख रुपैयाँ ।

व्याज सहित फिर्ता गर्ने सर्तमा पैसा लिएकी ओलीले कटुवाललाइ समयमा पैसा फिर्ता गर्न सकिनन् । दिएको चेक पनि बाउन्स भयो । त्यसविचमा कटुवालले पटक पटक खुश्बुलाई भेटन प्रयाश गरे पनि । खुस्बु सम्पर्क विहिन भएपछि कटुवालले अदालतमा खुस्बुविरुद्ध ठगी मुद्दा दायर गरेका थिए । उक्त मुद्धामा फैशला गर्दै जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले शुक्रबार खुस्बुलाई दुई वर्ष कैदको फैसला सुनाएको छ ।

Ad

सम्बन्धित समाचारहरु

मजदुरी गरेर जीवन निर्वाह गर्ने परिवारलाई भोकै बस्न दिदैनौ - उपमेयर ढकाल

खगेन्द्र हमाल, सुर्खेत । बिरेन्द्रनगर नगरपालिकाकी उप-मेयर मोहनमाया ढकालले दैनिक ज्यालादारी मजदुरी गरेर जीवन चलाउन बाध्य परिवारलाई बिरेन्द्रनगर नगरपालिकाले राहत बितरण गरेको बताएकी छिन ।विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाईरस(कोभिड १९)को यस बिषम परिस्थितिमा सरकारले लकडाउन घोषणा गरेको समय अवधिभर दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरुले लकडाउनको समयमा काम गर्न नपाएर दैनिक छाक टार्न सक्ने नभएको भन्दै नगरपालिकाले सबै वडाहरुमा राहत वितरण गर्न थालेको उनको भनाई छ ।

कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा इन्सेकद्वारा १० लाख प्रदान गर्ने निर्णय

काठमाडौँ ।अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले नेपाल सरकारद्वारा स्थापित ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा १० लाख ४ हजार ६ सय ५४ रुपियाँ प्रदान गर्ने निर्णय गरेको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad