Namaste Icon
Ad

भेरीगंगाका नगरका प्रमुख प्रशासकीय अधिकृत पौडेल अख्तियारको हिरासतमा

भेरीगंगाका नगरका प्रमुख प्रशासकीय अधिकृत पौडेल अख्तियारको हिरासतमा

खगेन्द्र हमाल, सुर्खेत । अख्तियार अनुसन्धान आयोग सुर्खेतले भेरीगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल पौडेललाई हिरासतमा राखेको छ । अख्तियार स्रोतका अनुसार केही दिन पहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले उनलाई पक्राउ गरेको थियो ।

फागुन ८ गते भेरीगंगा नगरपालिकाका खानेपानी प्राविधिक चन्द्रबहादुर केसीलाई २ लाख घुस रकमसहित अख्तियारको टोलीले पक्राउ गरेको थियो । पक्राउ गरेपछि केसिको साथमा भएको मोबाइलको कल रेकर्ड हेर्दा भेरीगँगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल पौडेल छानबिनको दायरामा आएका हुन्।अख्तियार स्रोतका अनुसार अहिले उनी अख्तियार दुरुपयोग अनुसन्धानको हिरासतमा राखी अनुसन्धान गरिरहेको छ। स्रोतले भन्यो यो मुद्दाको छानबिनको क्रममा रहेकाले अहिले नै सबै कुराको डिटेल भन्न नसकिने अख्तियार स्रोतले जानकारी दिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको भेरीगंगा नगरपालिकामा कार्यरत खानेपानी तथा सरसफाइ प्राविधिक चित्रबहादुर केसीलाई २ लाख रुपैयाँ घुससहित पक्राउ गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका प्रवक्ता मेघनाथ सापकोटाका अनुसार प्राविधिक चित्र बहादुर केसीले नगरपालिकाको वडा नम्बर ११ को तल्लो बराहस्थित झोलुङ्गे पुल निर्माण सकिएपछि भुक्तानीमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग खुल्लेआम घुस मागेका थिए ।

आयोगको सुर्खेत कार्यालयबाट गएको टोलीले आरोपी केसीलाई घुससहित पक्राउ गरेको थियो । केसीलाई वडा नम्बर १० मदानीचौरस्थित उन्नति टोलबाट पक्राउ गरिएको थियो ।

Ad

सम्बन्धित समाचारहरु

बझाङमा धार्मीक चैतली मेलामा स्थानीयहरुको भिड

बझाङमा धार्मीक चैतली मेलामा स्थानीयहरुको भिड

बझाङ जिल्लाको प्रशिद्ध धार्मिक तथा ऐतिहासिक मेला चैतली मेलामा तल्लो छबिस र मल्लो छबिस बिच बिवाद हुदा १२ जना घाईतेभएका छन् । आईतबार सांझ करिब ६ बजेको समयमा दुबै पक्ष बिच ढुंगा हानाहान हुदां १२ जना घाईते भएको त्यहाँका स्थानीयले बताएका छन् । यस अघि छबिस पाथिभेरा गाउपालीका उपाअध्यक्ष राधिका रतालाले छबिस पाथिभेरामा कुनै मेला आयोजना नगरिएको जनाएपनी अहिले करिब २ हजार भन्दा बढी मेलमा उपस्थिती रहेको थियो ।

अदुवाले बजार नपाएपछि किसान चिन्तित

अदुवाले बजार नपाएपछि किसान चिन्तित

राधा फुलाराडडेल्धुरा : कोरोना भाइरसका कारण देश ‘लक डाउन’ हुँदा डोटिका किसान चिन्तित बनेका छन्। जिल्लाको जोरायल गाँउपालिकाका किसानले उत्पादन गरेको अदुवाले बजार नपाउँदा चिन्तित बनेका हुन ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad