# भर्खरै
Namaste Icon
Ad

विवाहपछिको जिवन सुखमय बनाउन के गर्ने ?

विवाहपछिको जिवन सुखमय बनाउन के गर्ने ?

काठमाडौं । विवाहिता जोडिको बानि मिल्नु भन्दा पनि सहमति मिल्नु आवश्यक हुन्छ । एक पार्टनरमा रिसाउने बानी छ भने अर्कोले फकाउन सक्नुपर्छ । यस्तो भएमा वैवाहिक जीवन प्रगाढ सम्बन्धमा परिणत हुन्छ । यदि तपाईं र पार्टनरको बानी, स्वभाव र व्यक्तित्व एउटै छ भने यसले तपाईंको सम्बन्ध निकै राम्रो बनाउन सक्छ । विवाहले मानिसको व्यक्तित्वमा समेत स्थायी परिवर्तन ल्याइदिन्छ । विवाहपछि मानिसहरुमा बाहिर घुम्ने र स्वतन्त्रतामा कमी आउने गर्दछ । जसलाई केहिले विवाहपछिको बाधक मान्दछन् ।

एक निश्चित उमेरपछि मानिसमा दायित्व बोध हुन आवश्यक हुन्छ । त्यसैले बाहिर घुम्नु वा स्वतन्त्र हुनुलाई नै खुसी मान्नुहुन्छ भने यो शतप्रतिशत गलत हो । किनकी खुसिका पल परिवारबीच रहेर पनि मज्जाले निकाल्न सकिन्छ । श्रीमान–श्रीमति भान्सामा बसेर परिकार बनाउँदा होस् वा संगै मिलेर घरायासी काम गर्दा खुसी जहाबाट पनि पाउन सकिन्छ । तर यस प्रकारका खुसीलाई महत्व नदिने र बाहिरफेरा मात्र घुम्न रुचाउनेले भने यसलाई असन्तोष गर्दछन् । तर कसैसंग लामो जीवन बिताउँदै हुनुहुन्छ भने सम्बन्ध बलियो बनाउन अत्यन्त महत्वपूर्ण विशेषता भनेको तपाई भित्रको मनसाय नै हो ।

विवाहपछि एक मात्र जिवनसंगीसँग जीवन बिताउनुलाई समाजले आदर्श मान्दछ । तर केही विवाहिताहरु एकैसाथ थुप्रै सम्बन्धमा रमाउने गरेको समेत पाइन्छ । पार्टनर बाहेकको सम्बन्धमा रहनेहरु पार्टनरले कुरा नबुझ्दा वा पार्टनरबाट पाउन नसकेको माया अन्त पाएपछि अर्को सम्बन्धमा रमाउने गरेको पनि पाइन्छ ।

तर यसरी कसैलाई प्रत्यक्ष घात गर्नुको सट्टा यसबारे एकआपसमा राम्ररी छलफल गर्नु उत्तम हुन्छ । अन्यथा लामो वैवाहिक सम्बन्धमा रहँदा पनि पार्टनरबाट लगातार असन्तुष्टी छ भने सम्बन्धविच्छेद विकल्प हुनसक्छ । तर सम्बन्धविच्छेद पछि महिलाले केही स्वतन्त्रता पाए पनि पुरुषले भने त्यसपछिको जिवनलाई राम्ररी व्यवस्थित गर्न सक्दैनन् । सम्बन्धविच्छेद पछि व्यक्तिले आफूलाई कसरी सम्हाल्न सक्छ त्यो व्यक्तिमा भर पर्दछ ।

Ad

सम्बन्धित समाचारहरु

के हो राति आकाशमा देखिएको चम्किलो वस्तु ? यसो भन्छ नेपाल एष्ट्रोनोमिकल सोसाइटी

 काठमाडौँ । बिहीबार राती आकाशमा देखिएको चम्किलो वस्तु उल्कापिण्ड हुनसक्ने अनुमान गरिएको छ।

सौतालाई फेसबुकमा घोडा भन्ने महिलालाई जेल सजाए

सौतालाई फेसबुकमा घोडा भन्ने महिलालाई  जेल सजाए

ऐजेन्सी । आफ्नै सौतालाई घोडा भनेका कारण लण्डनकी एक महिलालाई दुई वर्षको जेल सजाए भएको छ । पूर्व श्रीमानकी नयाँ श्रीमतीलाई फेसबुकमा ‘घोडा’ भनेपछि ५५ वर्षिया लाहे साहराभेसलाई दुई वर्षको जेल सजाय सुनाइएको हो । उनका पूर्व श्रीमान्को मृत्यु भएपछि अन्तिम संस्कारमा सामेल हुन दुबई पुगकी उनलाई दुबईको एयरपोर्टबाटै पक्राउ गरिएको हो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad