Namaste Icon
Ad
Ad

सौतालाई फेसबुकमा घोडा भन्ने महिलालाई जेल सजाए

सौतालाई फेसबुकमा घोडा भन्ने महिलालाई  जेल सजाए

ऐजेन्सी । आफ्नै सौतालाई घोडा भनेका कारण लण्डनकी एक महिलालाई दुई वर्षको जेल सजाए भएको छ । पूर्व श्रीमानकी नयाँ श्रीमतीलाई फेसबुकमा ‘घोडा’ भनेपछि ५५ वर्षिया लाहे साहराभेसलाई दुई वर्षको जेल सजाय सुनाइएको हो । उनका पूर्व श्रीमान्को मृत्यु भएपछि अन्तिम संस्कारमा सामेल हुन दुबई पुगकी उनलाई दुबईको एयरपोर्टबाटै पक्राउ गरिएको हो ।

सन् २०१६ मा आफ्ना श्रीमानले पुनः विवाह गरेको तस्बिरमा साहराभेसले दुईवटा कमेन्ट गरेकी थिइन् । पहिले उनी श्रीमानसँग आठ महिना संयुक्त अरब इमिरेट्समा बसेकी थिइन् । साहराभेस केही समयपछि छोरीसहित बेलायत फर्किइन् तर उनका श्रीमान् उतै बसे । त्यसको केही समयमा उनीहरुको सम्बन्धविच्छेद भयो । सम्बन्धविच्छेदपछि उनका श्रीमान्ले पुन विहे गरे । १८ वर्षको वैवाहिक सम्बन्धलाई त्याग्दै श्रीमान्ले अर्को विवाह गरेको थाहापाएपछि साहराभेसले फेसबुकमा सो कमेन्ट गरेकी थिइन् ।

उनले लेखिन्, ‘आशा गर्छु कि अब यो मूर्ख भूमिगत हुनुपर्छ । धिक्कार छ । मलाई यो घोडाको लागि छोडिस् ।’ संयुक्त अरब इमिरेट्सको कानून अनुसार सोसल मिडियामा कसैको मानहानी गरे जेल सजाय र जरिवानाको प्रावधान छ । यसै, अनुसार दुबइमा पक्राउ परेकी उनलाई दुई वर्षको जेल सजाय र ५० हजार पाउन्ड जरिवाना हुनसक्छ ।

Ad

सम्बन्धित समाचारहरु

प्रवाशमा पुण्यकाम : न्यूयोर्कमा रहेका  नेपाली विद्यार्थीलाई खाद्य सामाग्री बितरण

न्यूयोर्क । नेपाल बाट एफवान भिजामा अध्ययनको लागि न्यूयोर्कमा रहेका नेपाली विद्यार्थी हरुलाई कोरोना बिरुद्ध सचेतना एबं सहयोग समुह न्यूयोर्कद्वारा पाचौ चरणमा खाद्य सामाग्रीहरु बितरण गरिएको छ । ५८ जना विद्यार्थीहरु लाई एक महिनाको लागि घर घरमै पुगेर राहात वितरण गरिएको हो ।

आँखासम्बन्धी केहि रोचक तथ्यहरु

आँखासम्बन्धी केहि रोचक तथ्यहरु

काठमाडौं । मानिसको शरीरमा भएका मध्ये सवैभनदा संवेदनशील अंग मानिन्छ आँखा । आज हामी तपाईलाई आँखा सम्बन्धी केहि रोचक तथ्यहरु जनाकारी दिन गईरहेका छौं ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad