# भर्खरै
Namaste Icon
Ad

सादा कागजको दूरुपयोग भयो भने हालत के हुन्छ समाजको?

–दीर्घराज प्रसाई

सादा कागजको दूरुपयोग भयो भने हालत के हुन्छ समाजको?
–दीर्घराज प्रसाई

अहिले नेपालमा देशद्रोहीहरुको सत्ता छ, लुट्ने, भूट्ने, खाने सबथोक खुल्ला भएको छ,
पाए भने मरेको मान्छेलाई पनि साक्षी बसाएर खान सक्ने यी बापतीहरुको चलखेल छ ।
अहिले देश जिम्मा लिएकाहरुले सादा कागजको दूरुपयोग गरेर देशको अस्मिता बेच्लान् ।
केपी ओली, प्रचण्ड र शेरबहादुरले पैसा पाए भने देश नैं लेखी देलान् ।

यिनीहरु भरिया भइसकेका छन्, इसाईृ र पश्चिमाहरुले, के लेख्लान् भन्ने कुनै तर्क नैं हुन्न,
बापतीहरुको देशप्रति कहिले मतलव हुन्न, यस्तै रहिरह्यो भने, भोलि देशको अस्तित्व रहन्न् ।
यिनीहरु मान्छे जस्ता छन्, तर मिसिन हुन्, पश्चिमाहरुले जोडजाड गरेका बनेका खेलौनाहरु,
खेतला हुन् यी अखण्ड–नेपाललाई ध्वस्त गर्ने, छिः घिन लाग्छ सत्तामा भएका देशका सैतानहरु ।

जग्गा नैं नभएको ठाऊँमा सिंचाई गरें भन्दै पैसा खान्छन्, मंदिर बनाएँ भन्छन् बाटोघाटो थोरै बन्छ,
खाली कागजमा हस्ताक्षर गरेपछि अबौंंको घोटला, बेरुझू अअर्थ बन्छ, यो भ्रष्ट सत्ताले सबै सदर हुन्छ ।
कौरवको राज्य हस्तिनापुरमा पनि यस्तो थिएन, खाँडो जगाऔं ! अव अत्याचारको पराकाष्ठा निर्मूल गर्न,
उठौं शिर उठाएर, हामी सबै, देश बचाउन, नरकबासीहरुको बिरुद्ध यिनीहरुको सबै रजाईं समाप्त गर्न ।

लुट्ने, खाने, देश छोडेर भाग्ने, गिरिजाकी छोरी सुजाता जस्तै, पछि शेरबहादुर, बाबुराम, केपी ओली, प्रचण्डहरु,
एकै डयाङका मुला हुन् यिनका भरिया सबै, २०६३ पछिका कम्तीमा पनि लुटाहा दश हजार यी भ्रष्टाचारीहरु ।
एक एक गरेर छानवीन गर्ने हो, पाता कसेर, लुटेको सम्पत्ति राष्ट्रियकरण गर्न नछोडौं समातौं सबै देशद्रोहीहरु,
श्रीपेचको पेच कसेर राजाको संरक्षणमा, हिन्दुत्व जोगाऔं, लागौं अव यो स्वर्णभूमिलाई बचाउन हामी देशभक्तहरु ।  - जय राष्ट्रवाद !

Ad

सम्बन्धित समाचारहरु

के अर्थ ?

के अर्थ ?

संगीता सुवेदी, बुटवल

बाबुकी आमालाई चिठ्ठी

बाबुकी आमालाई चिठ्ठी

प्रभात रावत

Ad

प्रतिक्रिया दिनुहोस

Ad