# भर्खरै
Namaste Icon
Ad

निलिमाको ‘रंग जीवनको’ सार्वजनिक

निलिमाको ‘रंग जीवनको’ सार्वजनिक

चक्र प्रसाद पोख्रेल, काठमाडौं । गीतकार, कवि तथा शिक्षिका निलिमा मास्के श्रेष्ठको काव्य संग्रह रंग जीवनको नामक पुस्तक विमोचन भएको छ । इन्देणी फुड्ल्याण्ड नयाँ वानेश्वरमा सम्पन्न भएको विमोचन समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्राई, पूर्व अर्थ मन्त्री तथा साहित्यकार शंकरप्रसाद कोइराला, गीतकार तथा साहित्यकार उषा शेरचन लगायतले एकैसाथ विमोचन गरेका थिए ।

साहित्कार निलिमा मास्केका यसअघि नै एउटा कविता संग्रह र गीति एल्वम समेत प्रकाशित भइसकेका छन् । पछिल्लो समय सक्रिय रुपमा कलम चलाउदै आएकी मास्के उद्यमी महिला पनि हुन् । विमोचन कार्यक्रममा बरिष्ठ साहित्कारहरुबाट उनको लेखन शैलीको बारेमा खुलेरै प्रशंशा समेत भएको थियो ।

कार्यक्रममा बोल्दै मन्त्री योगेश भट्राईले हाल आफु संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री भएता पनि आफैलाई यो संस्कृति मन्त्रालय नाममात्रको भएको होकी भन्ने लागिरहको छ, यस मन्त्रालयले जति कला, साहित्य, भाषा संस्कृतिको क्षेत्रमा काम गर्नुपर्ने हो त्यति गर्न सकिरहेका छैन भने, उनले अब कला साहित्यमा पनि आफ्नो मन्त्रालयले विशेष ध्यान दिने बताए ।

साथै काव्यसंग्रह रंग जीवनको संग्रहमा समावेस गरिएका केहि कविता हेर्दा ति कविताहरु उत्कृष्ठ रहेको भन्दै कवि निलिमा मास्के श्रेष्ठलाई पनि बधाई तथा शुभकामना दिए ।
यसै पुस्तक विमोचन समारोहमा पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाले उक्त काव्यसंग्रहमा समाबेस भएको एउटा कविता सुनाउदै यस पुस्तकमा संग्रहित रहेका कविता आफुलाई पनि असाध्यै मन परेको बताए ।

उनले मन्त्री भट्टराईको ध्यान आकर्षण गर्दै भने नेपाली साहित्यकलाई संस्कृति मन्त्रालयले जति साथ र सहयोग गर्नुपर्ने हो त्यो सहयोग नगरेकोले यसमा पनि बिशेष ध्यान जाओस् भनि आग्रह समेत गरेका थिए । त्यस्तै साहित्यकार उषा शेरचनले विजय मल्लकी नातिनी पनि साहित्यमा क्षेत्रमा हुनुहुन्छ भन्दा आफुलाई अत्यान्तै खुशि लागेको बताइन् ।

Ad

सम्बन्धित समाचारहरु

के अर्थ ?

के अर्थ ?

संगीता सुवेदी, बुटवल

बाबुकी आमालाई चिठ्ठी

बाबुकी आमालाई चिठ्ठी

प्रभात रावत

Ad

प्रतिक्रिया दिनुहोस

Ad