Namaste Icon
Ad
Ad

गोर्खाको धार्चेमा क्यानोनिङ्ग महोत्सव हुंदै

गोर्खाको धार्चेमा क्यानोनिङ्ग महोत्सव हुंदै

काठमाडौं । नेपाल क्यानोनिङ्ग एशोसिएसनले यहि मार्च १७ देखि मार्च २१ सम्म ५ दिने भलतचथ लेभल क्यानोनिङ्ग गाईड ट्रेनिङ्ग र गोर्खा जिल्लाको धार्चे गाउँपालिका वडा ७ को न्याउँली झरना (छाँगा) मा क्यानोनिङ्ग रन्देभू गर्ने भएको छ । एसियामा नै पहिलो पटक अन्तराष्ट्रिय क्यानोनिङ्ग रन्देभू इस २०११ मा आयोजना गरेर विश्वको साहसिक पर्यटकको जमातलाई नेपाल तर्फ आकर्षित गरेर पर्यटन वर्ष सफल बनाउन महत्वपूर्ण सहयोग पुयाएको बताइएको छ ।

नेपाल क्यानोनिङ्ग एशोसिएसनले आफ्नो बार्षिक कार्यक्रम अनुसार पर्वतीय साहसिक पर्यटनको विकास र प्रवद्र्धनमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । विगत ईस २०१३ देखि २०१९ सम्मा प्रत्येक वर्ष भोटेकोशी, नुवाकोटको थानापाती र काकानी, धादिङको थाके्र र काठमाण्डुको सुन्दरिजलमा नेपाल क्यानोनिङ्ग रेन्देभूको आयोजना गरिएको थियो ।

वार्षिक कार्यक्रमानुुसार यस वर्ष पनि स्वदेशी तथा विदेशी क्यानोनिङ्ग प्रोफेसनल, पर्यटन व्यवसायी र अन्य विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सहभागी गराई राष्ट्रिय क्यानोनिङ्ग रन्देभू कार्यक्रम सम्पन्न गर्नको लागि सम्पूर्ण तयारी भई सकेको छ ।


क्यानोनिङ्ग पर्यटनको विकासका लागि वर्षेनी यस्तो कार्यक्रमको आयोजना गर्दा क्यानोनिङ्ग प्रोफेशनलसहरुले एक आपसमा सिपात्मक ज्ञानको साटा साट गरेर दक्षता हासिल गर्ने र पर्यटन व्यवसायीहरुले पनि प्रत्यक्ष अनुभव गर्ने अवसर प्राप्त हुने भएकोले राष्ट्रिय तहकै पर्यटनको निकै महत्वपूर्ण कार्यक्रममा सम्पूर्ण पर्यटन व्यवसायी तथा सहसिक खेल प्रेमिहरुलाई सहभागिताको लागि पहल गरिएको छ ।

साथै यस विधालाई सुरक्षित व्यवसायिक विकासका लागि छाँगा वरोहणको तर्फबाट राफ्टिङ्ग जस्तै गरि क्यानोनिङ्ग विधाको पर्यटकीय विकासका गर्न सबै क्षेत्रको सहयोगको अपेक्षा पनि नेपाल क्यानोनिङ्ग संघले गरेको छ । रन्देभूमा ३०० भन्दा बढि सहभागीहरु हुने छन भने १० जनालाई धार्चे गापाको लोकल स्थानिय सहभागीहरुलाई लेभल क्यानोनिङ्ग गाईड तालिम दिईने छ ।

Ad

सम्बन्धित समाचारहरु

आफ्ना १४ बुँदे माग पुरा नभए कडा आन्दोलन गर्ने होटल व्यवसायीको चेतावनी

काठमाडौँ । विश्वव्यापी रुपमा फैलिएको कोरोना महासंकट र लकडाउनका कारण होटल व्यवसायीहरुलाई परेको मर्का र यस सरकारले नदेखाएको भन्दै होटल व्यवसायी महासंघले आफ्ना मागहरु तत्काल सम्बोधन नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएको छ।

निजगढ बिमान स्थल पहुच मार्ग बनाउन चार हजार २ सय रूख काटिने

दिपेन्द्र जयसवाल, बारा । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि आवश्यक पर्ने पहुँचमार्ग बनाउन चार हजार २ सय रूख काटिने भएको छ। निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना निर्माणका लागि अन्तरनिकाय समन्वय, सहजीकरण एवं आइपरेका समस्या समाधान गर्न निरन्तर क्रियाशील रहने गरी गठित उच्चस्तरीय सहजीकरण समितिको बैठकले कटान स्वीकृतीका लागि वन तथा वातावरण मन्त्रालयले यथाशीघ्र नेपाल सरकार मन्त्रिपरिषद् समक्ष प्रस्ताव पेश गर्ने निर्णय गरेको हो।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad
Ad