# भर्खरै
Namaste Icon
Ad

रहरै रहरले गायिका बनिएछ, तर धेरै कुरा सिक्न बांकी छ – किसु गुरुङ

रहरै रहरले गायिका बनिएछ, तर धेरै कुरा सिक्न बांकी छ – किसु गुरुङ
गायिका - किसु गुरुङ

परदेशी हुन कसैलाई रहर हुदैन यो बाध्यता नै हो । हाल सम्म लाखौं नेपाली कामको खोजीमा परदेशी भएकाम छन । यस्तै लाखौं मध्येकी एक हुन सुमधुर स्वरकी धनी गायिका किसु गुरुङ । किसु गुरुङ गीत संगीतको क्षेत्रमा परिचित नाम हो । डेढ दर्जन गीतमा स्वर दिईसकेकी गायिका गुरुङ विगत लामो समय देखि ईजरायल बस्दै आएकी छन । परदेशको बसाई सँगै नेपाली भुमिलाई सम्झनामा राखि राख्न समय मिलाएर उनले गीत संगीतमा आफ्नो योगदान दिईराखेकी छन । नेपाली माटो सुहाउदो गीत संगितमा रुचि राख्ने गायिका गुरुङले विशेष गरि पूर्वेली भाकाका गीत अलि बढि गाएपनि उनका पश्चिमेली भाकाका गीत पनि बजारमा आएका छन । परदेशको बसाई नेपाली गीत संगीतप्रतिको माया लगायतका विषयमा दर्पण दैनिकले गायिका किसु गुरुङसँग गरेको कुराकानीः

 

 


पछिल्लो समय के मा व्यस्त हुनुहुन्छ ?

घर छोडेर परदेश आईसकेपछि विदेशमा आउनु को अर्थ सार्थक बनाउन काम गर्नै पर्यो दैनिक ड्युटी गर्छु । फुर्सदको समयमा गीत संगीत गाउने लेख्ने काम गर्छु।

 


गीत संगीतको यात्रा कसरी सुरु भयो ?
मलाई लाग्थ्यो गीत संगित गायक गायिकाले मात्रै गाउछ, तर होइन रहेछ धेरै मान्छेहरुले गाएको देखे सुने सो गीत संगीत भनेको के रहेछ ? भनेर मैले पनि गीत संगीतको अनुभव बटुलेर हेर्छु भनेर मैले कभर गीतबाट यात्राको सुरुवात गरे । जब म इजरायल आए यता धेरै कार्यक्रमहरुमा गीत गाउने अवसर पाईयो । यसरी नै गीत संगीतमा रहरै रहरले लागियो । अहिले त पेशा जस्तै भईसक्यो ।

 


तपाई गायिका बन्नुको प्रेरणा कसलाई दिनुहुन्छ ?
म आफुले आफुलाई गायिका नै हो भन्न त रुचाउदिन किन कि गायिकामा हुनु पर्ने कुराहरु सिक्न धेरै बाकी छ । तर पनि यो स्थान सम्म आईपुग्दा मलाई दर्शक श्रोताहरुले गायिकाको उपनाम दिनु भएको छ । यसको लागि आम दर्शकश्रोतालाई नै पहिलो प्रेरणा जान्छ । त्यस्तै, रबि लामा र रमेश युडिबाट धेरै कुरा सिकेको छु र मेरो पहिलो आवाज भर्ने संगीत पनि रबि लामा र रमेश युडि उहाँहरुबाटै पाएकी हुँ, त्यसैले यो प्रेरणा उहाहरुलाई नै दिन चाहान्छु ।

 


हाल सम्म के कस्ता कतिवटा गीत गाउनु भएको छ ?
हाल सम्म मैले २३ वटा गीतहरुमा आवाज भरी सकेकी  छु । जस्मा आधुनिक, लोक आधुनिक, लोक पुर्बेली, लोक पस्चिमेली , डान्सिङ जस्ता गीतहरु रहेका छन ।


तपाईले गाउनु भएका तथा लेख्नु भएका गीत कुन कुन हुन ?
मैले गाएका गीतहरुमा मै राम्री, जाले रुमाल, सोल्टिनी ज्यु, सात समुन्द्र पारी, सोलु सल्लेरी, डेटिङ तिर, मलाई गोरि नभन, , तिमि हास , तिमिलाई पाए, छोरीको जन्म , हिस्सी परेको, मायाको चिनो , पर्देशी, लकैमा फुल्यो, ऐसेलु पाके रहेका छन । त्यस्तै, सुनैको शिरफुल, लचक लचक, भिजा लाग्यो, पूर्ब झापा, खोटो सल्लाको , सोह्र बर्षे आदी रहेका छन । जस मध्ये पूर्ब झापा र लचक लचक भन्ने गीतको शब्द चाही मैले आफैले लेखेकी हुँ ।


पारिवारीक साँथ सहयोग कस्तो छ ?
मेरो पारिवारिक साथ सपोर्ट एक दमै राम्रो छ किन कि मेरो श्रीमानले पनि गीत संगीत लाई अति नै मन पराउनु हुन्छ । हामी दूर्इ जनाले एउटा गीत पनि गाएका छौ जुन गीत रहेको छ ‘खोटो सल्लाको’ जसको शब्द – संगीत र एरेन्ज भने गायक तथा संगीतकार बिशाल बानु राईले गर्नु भएको छ ।

 


प्रवाशमा बसेर नेपाललाई कसरि सम्झनु हुन्छ ?
मातृभुमि के रहेछ भनेर बुझ्नलाई परदशी हुनु नै रहेछ, नेपालमा हुँदा खासै महत्व नलाग्ने ति पाखा पखेरा, भाष, भेषभुषा गाँउ घर परदेशी भएपछि झल झल सम्झिन मन लाग्छ । त्यस्तै, आफ्नो देश आफ्नो जन्मभुमि हरेको कुराको कति सम्झना आउछ भनेर शब्दमा व्यक्त गर्नै सकिदैन । अर्को कुरा परिवारबाट टाढा भए पछि आफ्नो बुबा–आमाको याद त हर समय आई नै रहन्छ ।

 


प्रवाशको बसाईले गीत संगीतको यात्रामा केहि असर पर्दो रहेछ की ?
एकदमै धेरै असर पर्छ । किनभने हामी चाहेर पनि पब्लिक मिडिया सामु आउन पाएका हुदैनौ । रेकर्डिङ गर्न जाने समय मिल्दैन गीत संगीतलाई समय दिन सकिरहेका हुदैनौं हेरेक कुराहरुले असर पारेको हुन्छ ।


ईजरायलको बसाई तथा दैनिकी कसरि व्यतित हुने गर्दछ ?
त्यहिँ त हो, आफ्नो काम गर्यो फुर्सदको समयमा गीत संगीतलाई समय मिलायो यसरी नै बित्ने गर्छ ।


अन्तमा‍‍‍‍‍‍....
गीत संगीतको क्षेत्रमा सके सम्म यहि क्षेत्रमा लाग्ने कोसिस गर्ने छु । हेरौ कति सम्म समयले साथ दिन्छ । अन्तमा सम्पुर्ण मेरा दर्शक श्रोताहरुमा धेरै धेरै धन्यवाद दिन चाहन्छस जसको कारण आज यो स्थानमा आइपुग्न सफल भएकी छु । उहाहरुकै माया साथ सपोर्ट र आशीर्वादको देन हो मेरा दर्शक श्रोता बिना जहिले पनि अपुरो र अधुरो नै रहनेछु ।

 

 

किसु गुरुङबारे थप जान्न click here

Ad

सम्बन्धित समाचारहरु

'महिनावारी भएको बेला पनि मन्दिर जान्थेँ’

'महिनावारी भएको बेला पनि मन्दिर जान्थेँ’

सानै उमेरदेखि उद्धारवादी सोच राख्ने क्रिष्टिना श्रेष्ठले ‘फिलीप’ नामक उपन्यास बजारमा ल्याएकी छन् । उपन्यासमा श्रेष्ठले गरेको उद्धारवादी कार्यलाई समेटिएको छ । ‘फिलीप’ उपन्यास एक बेलायती नागरिक फिलीप ब्रायडली नेपालमा अलपत्र तथा बिरामी परेर बसेको अबस्थामा लेखक श्रेष्ठले उद्धार गरेको कहानीमा आधारित छ ।

‘कलाकारीताबाट देशको लागि केहि योगदान गर्न मन छ’ : जनयुद्धका बालकलाकार स्वर्णिम शाही

कतिपयले नेपालको दुर्गम क्षेत्र भनेर चिन्छन, कतिपयले प्रकृतिले दिएको सुन्दर उपहार, कला संस्कृतिको धनी एंवम नेपाली भाषाको उद्गम स्थल भनेर चिन्छन, भने कतिपयले विद्राही भनेर चिन्छन, यी सवै चिनारी भएको एउटै नाम हो ‘कर्णाली’ । जसरी अभिभावकले हेपेको सन्तान विद्रोही हुन्छ, त्यसरी नै कर्णाली पनि राज्यसत्ताको फरक व्यवहारले विद्रोही बनेको हुनसक्छ । कर्णाली थोरै प्रतिशतले विद्रोही भएको देखे पनि नेपालकै भु–स्वर्ग मानिने अनेकौं प्राकृतिक सम्पदा, सांस्कृतिक सम्पदा, रितिरिवाज कला संस्कृतिको फूलवारी हो । यसै कर्णालीबाट १० वर्षे शसस्त्र जनयुद्धको सुरुवात भयो, देशभरिमै सवैभन्दा बढि शहिद भए ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad