Namaste Icon
Ad
Ad

शिक्षा मन्त्रालय भन्छ ‘एसईई परीक्षा सरेको छैन’

शिक्षा मन्त्रालय भन्छ ‘एसईई परीक्षा सरेको छैन’

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले २०७६ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) पूर्व निर्धारित तालिकाअनुसार नै सञ्चालन हुने स्पस्ट पारेको छ । केही सञ्चारमाध्यम र सामाजिक सञ्जालहरुमा एसईई स्थगित र विद्यालयहरु बन्द गर्ने भन्ने गलत समाचारहरु प्रवाह भैरहेकोमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको भन्दै एसईई परीक्षा पूर्व निर्धारित समय चैत ६ गतेबाटै हुने जानकारी दिएको हो ।

‘चैत ६ गतेदेखि हुनेगरी तय भएको एसईईको परीक्षा यथावत रुपमा नै सञ्चालन हुनेछ । अतः परीक्षा सारेको वा विद्यालय बन्द गरिएको भन्ने जस्ता गलत सूचनाको भ्रममा नपर्न मन्त्रालय सबैमा अनुरोध गर्दछ’ मन्त्रालयका प्रवक्ता दीपक शर्माद्वारा शुक्रबार जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।

साथै मन्त्रालयले घट्नाक्रमको नियमित समिक्षा र विश्लेषण गरिरहेको जनाएको छ । ‘आवश्यक्ता वा औचित्यका आधारमा थप निर्णय भएमा यस मन्त्रालय अन्तर्गतका आधिकारिक वेभसाइटमार्फत एवम् सार्वजनिक सञ्चारमाध्यमबाट त्यस्तो सूचना शीघ्र सम्प्रेषण गर्ने जनाएको छ । मन्त्रालयले कक्षा १ देखि नौ सम्मको परीक्षा चैत ५ सम्म सम्पन्न गरिसक्न यसअघि नै आव्हान गरिसकेको छ ।

Ad

सम्बन्धित समाचारहरु

लुभुमा एकै घरका १० जनालाई कोरोना सङ्क्रमण पुष्टि

लुभुमा एकै घरका १० जनालाई कोरोना सङ्क्रमण पुष्टि

ललितपुर। महालक्ष्मी नगरपालिका ८ लुभुको एकै घरमा बस्ने १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यही असार १७ गते कोरोना संक्रमण पुष्टि भएका बल्खुस्थित वयोधा अस्पतालमा कार्यरत लुभुका एक ल्याब टेक्निसियनको परिवारका अन्य सात जनामा र भाडामा बस्ने दुई गरी १० जनामा गरिएको स्वाब सङ्कलनमा सबैको नतिजा पोजिटिभ आएको हो ।

स्वर्गीय बुवाआमाको सम्झनामा विद्यालयमा अक्षयकोष स्थापना

माधव खनाल, अर्घाखाँची। जिल्लाको भुमिकास्थान नगरपालिका वडा न १ साम्नेगाउँ निवासी स्वर्गीय गिरिराज खनाल र स्वर्गीय मिना खनालको सम्झनामा घरपरिवारले भुमिकास्थान नगरपालिका वडा न १ साम्नेगाउँ नयाँ पोखरामा रहेको बाल शिक्षा माध्यमिक बिधालयमा ६१०६६(एकसट्ठी हजार छ्यासठ्ठी )रकम बराबरको अक्षयकोष स्थापना गरेका छन्।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad
Ad