# भर्खरै
Namaste Icon
Ad

मूनवाक डान्समा नयाँ विश्व रेर्कड राख्दै दिलबहादुर

मूनवाक डान्समा नयाँ विश्व रेर्कड राख्दै दिलबहादुर

काठमाडौं । नेपालका दिल बहादुर मगरले मूनवाक डान्समा नयाँ विश्व रेर्कड कायम गर्ने भएका छन । उनी ३ घन्टा ५ मीनेटको मूनवाक डान्स गरि गिनिज बुक अफ वल्ड रेकर्डमा नयाँ रेकर्ड राख्ने प्रयासमा सफल भएका हुन ।

यसअघि जर्मनीका माइक फ्र्यान्कले २०११ मा बनाएको २ घन्टा ३० मिनेटको मुनवाक डान्सक विश्व रेर्कड राखेका थिए । दिलबहादुर मगरले शुक्रबार काठमाडौको एन्जल स्पोर्ट्स एकेडेमीमा बेलुकी ८ बजेर १५ मिनेट बाट शुरु गरि लगातार ११ बजेर २० मिनेटसम्म मूनवाक डान्स गरेका थिए । गिनिज बुक अफ वल्ड रेकर्डले प्रमाणित गरेपछि मात्र माइक फ्र्यान्कको रेर्कड ब्रेकको गरेको मानिनेछ ।

सोही रेकर्ड राख्न गरिएको डान्समा आफुलाइ निकै गार्हो र खुट्टाका औला हरु सुन्नेर धेरै दुखेको दिल बहादुर मगरले आफ्नो अनुभव सुनाए । उनले भने, ‘जति नै अप्ठ्यारो भएपनि आँट गरेर प्रयास सफल भएको छ, यसमा खसि छु ।’ उक्त कार्यक्रम मारुनी मिडिया नेट्वर्कको आयोजनामा गरिएको थियो भने, सो कार्यक्रमलाई गिनिज इभेन्ट्स नेपालले ब्यबस्थापन गरेको थियो । ३ घन्टा ५ मीनेटको मूनवाक डान्स को उक्त भिडियो प्रक्रिया मिलाएर लन्डन पठाउने र त्यस पछि सर्टिफिकेटको टुङगो लाग्ने ब्यबस्थापन टिमले जनाएको छ ।

Ad

सम्बन्धित समाचारहरु

के अर्थ ?

के अर्थ ?

संगीता सुवेदी, बुटवल

बाबुकी आमालाई चिठ्ठी

बाबुकी आमालाई चिठ्ठी

प्रभात रावत

Ad

प्रतिक्रिया दिनुहोस

Ad