Namaste Icon
Ad
Ad

के हो साइलेज ? यस्ता छन, फाईदा (भिडियो सहित)

के हो साइलेज ? यस्ता छन, फाईदा (भिडियो सहित)

काठमाडौँ । हरियो घाँस नेपियर, मकैको ढोड, कोदोको हरियो नल, स्थानीय खर, टियोसेन्टे, सोरगम, वजरा, आदि घाँसहरूलाई शीत ओभाई सकेपछि काटेर छुट्टाछुट्टै वा मिसाई वढिमा एक अंगुलको वा ३ से मी टुक्रा को घाँसहरूलाई प्लाष्टिकको थैलोमा भरी सफा खुट्टाले थिचेर थैलाको हावा वाहिर निस्कने गरी खाँदिन्छ र थैलाको मुखलाई राम्रोसँग वन्द गरी घोप्टो पारी आर्को प्लाष्टिक थैलोमा राखी उक्त थैलो समेतबाट हावा बाहिर निकाली राम्रोसँग मुख वाधी वन्द गरी लामो समय सम्म प्लाष्टिक थैलोमा राख्नाले फाईदाजनक ब्याक्टेरियाको उपस्थिती हुन्छ जसले गर्दा अम्ल एसिड पैदा गराई घाँसलाई संरक्षित गर्दछ, यसलाई नै साइलेज भनिन्छ।


फाईदाहरु के के छन ?

हरियो घाँसको पौष्टिकतालाई नष्ट नगरी लामो समय सम्म संरक्षण गर्न सकिन्छ । साथै यसबाट हिउँदमा (घाँस कम हुने समयमा) गाई भैंसीलाई घाँसको ब्यवस्था गर्न सकिन्छ । वर्षा समयमा हे बनाउन गाह्रो हुने हुँदा हरियो घाँसलाई साईलेजको रुपमा संरक्षण गरेर राख्न सकिन्छ । कम ठाउँ तथा कम लगानीमा नै साईलेज बनाउन सकिन्छ । प्लाष्टिक थैलो साईलेज परम्परागत तरीकाले भण्डारण गर्ने भन्दा किफायत हुने र भण्डारण क्षतिलाई न्यून गर्ने गर्छ ।

सानो थैलोमा साईलेज बनाउनाले साईलेजको पौष्टिकतालाई नोक्सान नहुने गरी संरक्षण गर्छ जवकि ठूलो खाल्डोमा बनाउँदा हरेक दिन खाल्डोवाट साईलेज निकाल्दा पौष्टिकतामा नोक्सान हुने गर्दछ । हे बनाउन नसकिने घाँस तथा झारहरूलाई साईलेज बनाउन सकिन्छ।

Ad

सम्बन्धित समाचारहरु

मासु र अण्डाको मूल्य आकाशियो

मासु र अण्डाको मूल्य आकाशियो

चितवन । कोरोना भाइरस सङ्क्रमणको त्रासले गरिएको बन्दाबन्दीका कारण धराशयी अवस्थामा पुगेको नेपालको कुखुरापालन क्षेत्रमा केही दिनयता सुधारको लक्षण देखापरेको छ । चल्लाको बिक्री बढेको छ, मासु र अण्डाको खपत मात्र होइन मूल्य आकाशिएको छ । नेपाल पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टका अनुसार चैतको सुरुदेखि नै समस्या देखिएको व्यवसायमा असारको आधाआधीमा आइपुग्दा केही आशा पलाएको छ । उत्पादन कम भए पनि बोइलर पालकले उत्पादनको मूल्य पाउन थालेका छन् ।

२२ करोडको आलु उत्पादन, उत्पादनमा ह्रास आए पनि कृषकले राम्रो मूल्य पाए

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका क्षेत्रका कृषकले खेतबारीमा लगाएको आलु बिक्री गर्ने अन्तिम चरणमा छन् । स्थानीय कृषकले यो वर्ष २२ करोड रुपियाँभन्दा बढीको आलु उत्पादन गरेका छन् । गत वर्षभन्दा आलु उत्पादनमा गिरावट आएको बताउँदै थाहा नगरपालिकाको कृषि विकास शाखाका शाखा अधिकृत सञ्जय तिवारी यो वर्ष २२ करोड ५० रुपियाँभन्दा बढीको आलु उत्पादन भएको जानकारी दिए ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad
Ad