# भर्खरै
Namaste Icon
Ad

एनसेलको युवालक्षित ‘सही यो ! पावर सिम’

एनसेलको युवालक्षित ‘सही यो ! पावर सिम’

काठमाडौं । नेपाली युवाले अब उनीहरूकै लागि विषेश रूपमा तयार गरिएको एनसेलको नयाँसिम योजनाबाट फाइदालिन सक्नेछन् । एनसेलप्राईभेट लिमिटेडले विभिन्न सेवाहरूको बन्डलिङसहितनयाँ स्टार्टर प्याक ‘सही यो ! पावर सिम’ल्याएको घोषणा गरेको छ । यो सिममार्फत ग्राहकले अझ सुलभ दरमा सेवाहरू लिन सक्नेछन् ।

पीआरबीटी, स्पोर्टिज, स्पोर्ट भिडियो पोर्टल, दामीम्युजिक र हङ्गामा म्युजिक प्रो निःशुल्क सुचारु गर्न सकिने र प्रत्येक १०० रुपैयाँ मेन ब्यालेन्सको खर्चमा डेटा बोनस पाउने यो सिमका विषेशता हुन् । यसबाहेक ग्राहकले बोनसका रूपमागेमिङ रम्युजिककोमजालिनपाईने आकर्षक डेटा प्याकहरुबाट फाइदालिन सक्नेछन् । ग्राहकहरूले करसहितमात्र रु. ९९ मा बिहीबार (चैत्र ६) बाट यो सिमलिन सक्नेछन् । यो सिम लिनका लागि नागरिकता वा म्याद नसकिएको सवारी चालक अनुमतिपत्र वा राहदानी, पासपोर्ट साइजको एक प्रतिफोटो र म्याद नसकिएको विद्यार्थी परिचय पत्र आवश्यक पर्दछ ।

यो सिममा ग्राहकले रु. २० को मेन ब्यालेन्स सहित सात दिन समयावधि रहेको ५०० एमबी डेटा (२५० एमबीफोरजी सहित), १० मिनेट अन नेट टक टाइम र १०० वटा अन नेट एसएमएस पाउनेछन् । सिमसँगै बन्डल भई आउने पीआरबीटी (सेवा र स्वतःआउने टोन) स्पोर्टिज, स्पोर्ट भिडियो पोर्टल, दामी म्युजिक र हङ्गामा म्युजिक प्रो सेवाहरू सिम सुचारु भएको मितिबाट ३० दिनकालागि मान्य हुनेछन् ।

यस नयाँ स्टार्टर प्याक योजनामा ग्राहकले सिम सुचारु गरेको दिनको मध्यरात भित्रै रु. १०० वा सो भन्दा माथिको ब्यालेन्स रिचार्ज गरेको खण्डमा ३० दिन सम्मप्रत्येक दिन १५० एमबी डेटा बोनस र माईफाइभ सेवा १२ महिनासम्मका लागि पाउनेछन् । प्रत्येक दिन पाइने १५० एमबी डेटाको समयावधि सोही दिनको मध्यरात सम्म हुनेछ ।

माईफाइभ सेवा अन्तर्गत पहिलो एक महिनाका लागि पाँच माईफाइभ नम्बरहरूमा बिना कुनै शुल्क कुरा गर्न सकिनेछ भने बाँकी ११ महिना ती नम्बरहरूमा मात्र ९९ पैसा प्रति मिनेटमा भ्वाइस सेवाको लाभ लिन सकिनेछ । यसका साथै यो योजना अन्तर्गत ग्राहकले प्रत्येक रु. १०० को खर्चमा ५०० एमबी (२५० एमबी अलटाइम र २५० एमबीफोरजी) बोनस डेटा १२ महिना सम्मप्राप्त गर्नेछन् ।

Ad

सम्बन्धित समाचारहरु

टेलिकमको भ्वाइस तथा डाटा सेवामा विशेष महसुल दर तथा प्याकेज

काठमाडौँ । नेपाल सरकारले मिति २०७६ चैत्र १६ गते डाटा सेवामा २५ प्रतिशत छुट दिने निर्णय गरे अनुसार नेपाल टेलिकमले मिति २०७६ चैत्र २० देखि २६ गतेसम्म (७ दिन) लागू हुने गरी जीएसएम मोबाइल डाटा सेवाको आधारभूत दर (Pay Ps You Go) मा ३० प्रतिशत र सीडीएमए मोबाइल डाटा सेवाको आधारभूत दर (Pay As You Go) मा २७ प्रतिशत छुटको व्यवस्था गरेको छ । यस अनुसार जीएसएम मोबाइल डाटा र सीडीएमए मोबाइल डाटामा प्रतिएमबी कर सहित महसुल क्रमशः ९० पैसा र ५१ पैसा लागू हुनेछ ।

लकडाउन अवधिभरको लागि टेलिकमले दियो रिचार्जबराबरकै बोनस

काठमाडौँ । नेपाल टेलिकमले आफ्ना ग्राहकलाई रिचार्ज बराबरको बोनस रकम दिन सुरु गरेको छ। बुधबार राति १२ बजेदेखि उक्त बोनस सुरु हुनेछ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad