Namaste Icon
Ad
Ad

शुक्रबारदेखि त्रिविका पठनपाठन र सबै परीक्षा स्थगित

शुक्रबारदेखि त्रिविका पठनपाठन र सबै परीक्षा स्थगित

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले शुक्रबारदेखि सबै पठन पाठन र परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । बिहीबार बसेको त्रिवि कार्यकारी परिषदको बैठकले उक्त निर्णय गरेको हो ।

‘चैत ७ गतेपछि हुने त्रिविका सबै संकाय र सबै तहका परीक्षा स्थगित गरिएको छ’ त्रिविका उपकुलपति डा. धर्मकान्त बाँस्कोटाले भने । कोरोना भाइरस संक्रमण फैलिन नदिन सरकारले बिहीबारदेखि हुने एसईई परीक्षा पनि स्थगित गर्ने निर्णय गरेको थियो ।

कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको बैठकले कोरोना सं’क्रमणको जोखिम हुने भन्दै एक ठाउँमा २५ जना भन्दा बढी मानिसको भेला हुन प्रतिबन्ध लगाएको छ । मानिसहरुलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरेको छ ।

 

 

Ad

सम्बन्धित समाचारहरु

यथास्थितिमा नेपालमा अनलाईनबाट पढाउँछु भनेर नाटक मञ्चन नगरौँः जे.एस. पौडेल (भिडियो सहित)

विश्वको सबैभन्दा महत्वपूर्ण मानिने भनेको शैक्षिक क्षेत्र हो । जबसम्म कुनै पनि देशमा गुणस्तरीय शिक्षा हुँदैन, तवसम्म त्यस देशको विकास हुन सक्दैन । तर पनि विश्व मानवसमुदाय यतिखेर एक अदृश्य महामारी (कोभिड नाईन्टिन) का कारण समस्यमा परेको छ । नेपालमा पनि यसको प्रभाव दिनानुदिन बढ्दै गएको छ । यसले अन्य क्षेत्रससँगै शैक्षिक क्षेत्रलाई पनि नराम्ररी असर पारिरहेको छ । एसईई, प्लस टुू, तथा विश्वविद्यालय तहका परीक्षाहरु स्थगित भएका छन् । यसरी परीक्षाको मुखैमा लकडाउन अर्थात बन्दनबन्दी हुँदा विद्यार्थीहरुलाई पर्ने असर सम्बन्धित शैक्षिक संस्थाहरुले खेल्न सक्ने भुमिका, नेपालमा अनलाईन शैक्षिक प्रणलीको प्रभावकारीता लगायत समग्रमा शैक्षिक क्षेत्रका विषयमा रहेर सार्वजानिक शैक्षिक विद्यालय गुठीसंघ नेपाल (पेटशान)का महासचिव तथा ध्रुवतारा बोर्डिङ स्कूल बुढानिलकण्ठ नगरपालिका काठमडौँका प्रिन्सिपल जे.एस. पौडलसँग दर्पण दैनिकका लागि केशर विश्वकर्माले गरेको कराकानीको सम्पादित अंशः

कोरोना लुकाएर लुक्दैनः प्रवक्ता गुप्ता

कोरोना लुकाएर लुक्दैनः प्रवक्ता गुप्ता

काठमाडौँ । केन्द्रीय प्रयोगशालाका टेकुका प्रवक्ता राजेशकुमार गुप्ताले कतिपय अनलाईन मिडियाले आफ्नो नाम लिएर कोरोना देखिएको भन्दै अनर्गल प्रचार गरिरहेको बताए । उनले हालसम्म नेपालमा कुनै व्यक्तिलाई पनि कोरोना भाइरस नदेखिएको प्रष्ट पार्दै कोरोना लुकाएर नलुक्ने जानकारी गराए ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad
Ad