# भर्खरै
Namaste Icon
Ad

तारा अधिकारीको सुनौलो तारा एल्बम सार्वजनिक

तारा अधिकारीको सुनौलो तारा एल्बम सार्वजनिक

काठमाडौं । गीतकार तारा अधिकारी एल्बम सुनौलो ताराका साथ श्रोतामाझ आएकी छन् । यो एल्बमको राजधानीमा आयोजित एक कार्यक्रमका बीच पूर्वमन्त्री तथा गीतकार शंकर प्रसाद कोइराला, वरिष्ठ गीतकार तथा चलचित्रकर्मी चेतन कार्की, वरिष्ठ संगीतकार तथा गायक जगतमर्दन थापा, वरिष्ठ गीतकार, गायक तथा संगीतकार गणेश रसिक, वरिष्ठ कलाकार तथा प्रथम नायिका भुवनचन्द, वरिष्ठ लेखिका तथा नारायण गोपाल संगीतकोषका अध्यक्ष उषा शेरचन, तारादेवी स्मृति फाउण्डेसनका अध्यक्ष दिपक केसी, वरिष्ठ संगीतकार तथा गीतकार दिपकजंगम, वरिष्ठ संगीतकार राजु सिंह लगायतले संयुक्त रुपमा विमोचन गरेका हुन् ।

एल्बममा नौ वटा गीतहरु छन् । दिपकजंगम, बसन्त सापकोटा, कल्याण सिंह, दिपक शर्मा, सुवाष भुसाल, उमेशराज खड्का, रमेश कडरियाको संगीतमा रहेका गीतहरुमा स्वरुपराज आचार्य, अन्जु पन्त, प्रमोद खरेल, राज सिग्देल, मेलिना राई, विश्व नेपाली, प्रताप दास, अस्मिता अधिकारी, कविता श्रेष्ठ, निकेश राईको आवाज छ । तारा अधिकारीको यो एल्बम सुनौलो तारा दोस्रो एल्बम हो । उनको पहिलो एल्बम सपना हो । सुनौलो तारा एल्बममा पहिलो एल्बममा रहेका दुई वटा गीतहरु पनि राखिएका छन् ।

एल्बम बिमोचन कार्यक्रममा फुलेको केश बोलको गीतको भिडियो पनि देखाइएको थियो । भिडियोलाई रमेश थापाले निर्देशन गरेका छन् भने दिलिप रायमाझी, सिरु विष्ट, स्वयम् गीतकार तारा अधिकारी र बालकलाकार सुलोचना आचार्यले अभिनय गरेका छन् । नवराज उप्रेतीले खिचेको भिडियोलाई नहकुल खड्काले सम्पादन गरेका छन् । यो भिडियो गीतकार अधिकारीकै युट्युब च्यानल सुनौलो ताराबाट अपलोड गरिएको छ । कार्यक्रममा यसभन्दा अघि नै सार्वजनिक भइसकेको गीत लुकीलुकी चोरी चोरीको भिडियो पनि देखाइएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि शंकर प्रसाद कोइरालाले अहिलेको अवस्थामा एल्बम नै निकाल्नु राम्रो कुरा भएको बताउँदै सफलताको कामना गरे । पहिलेको जस्तै कभरमा पेनड्राइभ राखेर एल्बम निकाल्ने शैली आधुनिक प्रविधि सुहाउँदो भएको उनको भनाई थियो । त्यस्तै वरिष्ठ गीतकार तथाचलचित्रकर्मी चेतन कार्कीले गीत लेखन शैली मात्र नभएर गीतकार तारा अधिकारीको अभिनयपनि राम्रो रहेको बताए । गीतकार तारा अधिकारीले गीतसंगीत एक किसिमको लत भएको बताइन् । आगामी दिनमा पनि संगीतक्षेत्रमा सक्रिय रहिरहने उनको भनाई थियो ।

Ad

सम्बन्धित समाचारहरु

सन्देशमुलक चलचित्र ‘अटिजम’को दोस्रो गीत सार्वजनिक

सन्देशमुलक चलचित्र ‘अटिजम’को दोस्रो गीत सार्वजनिक

फरक विषयवस्तुमा बनेको सन्देशमुलक चलचित्र ‘अटिजम’को दोस्रो गीत सार्वजनिक भएको छ । केशव रेग्मी सान्दाइद्धारा निर्देशित चलचित्र अटिजमको सरस्वती विद्याकी खानी बोलको बाल प्रस्तुती रहेको गीत खुल्ला सञ्चारको युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

मार्मिक गीत 'मेरो सिन्दुर मेटी' मा भरत बोहरा, तेज र सुसमिता (भिडियो सहित)

काठमाडौं । गायक पदमजान बोहरा र रितु थापाको स्वर रहेको डेउडा भाकाको मार्मिक गीत 'मेरो सिन्दुर मेटी' सार्वजनिक भएको छ । उक्त गीत देउडा हाम्रो संस्कृति नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । पदमजान बोहराकै लय संगीत रहेको गीत विजय थापाले एरेन्ज गरेका छन ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad