Namaste Icon
Ad
Ad

सत्यमोहन लोक साहित्य भवन निर्माण सुरु

सत्यमोहन लोक साहित्य भवन निर्माण सुरु

ललितपुर। सत्यमोहन लोक साहित्य भवन निर्माणको काम सुरु भएको छ । लोक साहित्यको संरक्षण र प्रबद्र्धनका लागि निर्माण गर्न लागिएको उक्त भवन लोक साहित्य परिषद्ले गर्न लागेको हो । उपभोक्ता समिति मार्फत गर्न निर्माण गर्न लागिएको उक्त भवनको शिलान्यास बिहीबार गरिएको हो ।

योजनाको कूल लागत एक करोड पचास लाख अनुमान गरिएको छ । निर्वाचन क्षेत्र पूर्वाधार विकास क्षेत्रबाट ४९ लाख ३० लाख प्राप्त भएको छ । त्यसैगरी जनसहभागिताबाट करीब पाँच लाख रुपैयाँ प्राप्त भएको परिषद्का अध्यक्ष तथा प्राध्यापक प्रेम शान्ति तुलाधरले बताइन् । पहिलो चरण अन्तर्गत दुई तल्ला निर्माण गरिने उक्त भवनको डिजाइन तीन तल्लाको गरिएको छ । ‘पहिलो चरणमा दुई तल्ला निर्माण गर्छौ ’ तुलाधारले बताइन् । भुई तल्लामा बैठक कक्ष निर्माण गरिनेछ । पहिलो तल्लामा भान्सासहित संस्कृतिविद् सत्यमोहन जोशीको सुत्ने कोठा निर्माण हुनेछ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले भवन जतिसक्दो छिटो बनाउन अनुरोध गरे । भवनमा प्रयोग गर्ने सामानहरु गुणस्तरीय राख्न उनले जोड दिए । उनले शताब्दी पुरुषको हुलाक टिकट प्रकाशनको काम अन्तिम चरणमा पुगेको बताए ।

संस्कृतिविद् सत्यमोहन जोशीले यो भवन कला संस्कृतिप्रेमीहरुको साझा भवन भएको बताए । उनले कला संस्कृति नेपालको अमूल्य निधि भएको बताउँदै सुखी नेपाली , समृद्ध नेपाल बनाउनका लागि कला, संस्कृतिको संरक्षण गर्नुपर्ने बताए । ललितपुरको बखुंबहालस्थित निर्माण गर्न लागिएको उक्त भवनको माथिल्लो तल्लामा लोकसंस्कृतिसँग सम्बन्धित बाजा, पुस्तक राखिनेछन् । उनले भनिन् , ‘यो संग्राहालय जस्तै हो , यससँग सम्बन्धित अध्ययन केन्द्र नै हुनेछ । ’ निर्माण गर्न लागिएको हो ।

Ad

सम्बन्धित समाचारहरु

'माइली त्यो दिन फेरि कहिले आउँछ ?'

'माइली त्यो दिन फेरि कहिले आउँछ ?'

शैलेन्द्र बिक्रम गिरी, प्युठान नाक हरेर जात छुट्याउने भोटी हरेर रोटी खुट्याउनेयो विभेद कहिलेसम्म जारिरहन्छ माइली माइली यो विभेद कहिलेसम्म जारिरहन्छ ?

नेपालका पाखुरा

नेपालका पाखुरा

कालापानि र लीपुलेक रसिलाे हाम्राे लिम्पीयाधुरा।फिर्ता लीन डटेर निर्भिक भई गर्नू छ पक्का कुरा ।।आँखा लाउन फेरि खाेज्दछ भने शैलेन्द्रका टाकुरा ।मुक्का हान्न तयार छन् अबभने नेपालका पाखुरा ।।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad