# भर्खरै
Namaste Icon
Ad

कोरोना प्रभाव - मनकामना केबलकार पनि बन्द

कोरोना प्रभाव - मनकामना केबलकार पनि बन्द

गोरखा । गोरखाको सबैभन्दा धेरै यात्रुको भीडभाड हुने मनकामना केबलकार चैत मसान्तसम्मका लागि बन्द हुने भएको छ। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना (कोभिड १९) को संक्रमणबाट जोगिन तथा जोगाउनका लागि सेवा बन्द गर्ने निर्णय गरेको मनकामना केवलकार प्रालिका नायव महाप्रबन्धक डिएन कायस्थले जानकारी दिए।

‘कोरोनाबाट सुरक्षा अपनाउँदै सरकारले विद्यालय, कलेज पनि चैत मसान्तसम्मका लागि बन्द गराएको छ। सरकारले २५ जनाभन्दा धेरै जमघट हुन नपाउने व्यवस्था गरेको छ’, कायस्थले भने, ‘त्यसैले हामीले पनि यात्रुको धेरै भीड लाग्ने भएकाले केवलकार सेवा पनि चैत महिनाभरिका लागि बन्द गरेका छौँ।’ चैतपछि के गर्ने भन्ने बारे पछि नै निर्णय हुने उनले बताए।

मनकामना केवलकारमा दैनिक करिब तीन हजारदेखि नौ हजार जनासम्म यात्रु आवतजावत गर्ने मनकामना दर्शन प्रालिले जनाएको छ।

Ad

सम्बन्धित समाचारहरु

रातो मछिन्द्रनाथको मन्दिर पुनर्निर्माण उपभोक्ता समिति गठन

ललितपुर । भूकम्पमा भत्किएको ललितपुरको बुङमतिस्थित रातो मछिन्द्रनाथ मन्दिरकोे पुनर्निर्माण गर्न उपभोक्ता समिति गठन गरिएको छ । पुनर्निर्माण अलपत्र अवस्थामा रहेको उक्त मन्दिरको अबको काम अघि बढाउन अमिर शाक्यको अध्यक्षतामा नौ सदस्यीय उपभोक्ता समिति गठन गरिएको हो । हालसम्म मन्दिर पुनर्निर्माणको काम २० प्रतिशत पनि भएको छैन।

गोर्खाको धार्चेमा क्यानोनिङ्ग महोत्सव हुंदै

गोर्खाको धार्चेमा क्यानोनिङ्ग महोत्सव हुंदै

काठमाडौं । नेपाल क्यानोनिङ्ग एशोसिएसनले यहि मार्च १७ देखि मार्च २१ सम्म ५ दिने भलतचथ लेभल क्यानोनिङ्ग गाईड ट्रेनिङ्ग र गोर्खा जिल्लाको धार्चे गाउँपालिका वडा ७ को न्याउँली झरना (छाँगा) मा क्यानोनिङ्ग रन्देभू गर्ने भएको छ । एसियामा नै पहिलो पटक अन्तराष्ट्रिय क्यानोनिङ्ग रन्देभू इस २०११ मा आयोजना गरेर विश्वको साहसिक पर्यटकको जमातलाई नेपाल तर्फ आकर्षित गरेर पर्यटन वर्ष सफल बनाउन महत्वपूर्ण सहयोग पुयाएको बताइएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad